close

स्मार्टफोनका ४ सिक्रेट फिचर, जुन तपाईंलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ १६:२८

स्मार्टफोनका ४ सिक्रेट फिचर, जुन तपाईंलाई थाहा नहुन सक्छ

काठमाडौं । अहिलेको समयमा यस्ता मानिसहरु थोरै हुन्छन्, जसको साथमा स्मार्टफोन नहोस् । अचेल हरेकले स्मार्टफोनमा आफ्नो समय व्यतित गरिरहेका हुन्छन् । 

कल, ह्वाट्सएप, म्यासेज, युट्युव, समाचार लगायतका अनेकौं प्रयोजनमा फोन प्रयोग भइरहेको हुन्छ । फोनमै पछिल्लो प्रविधि र एक पछि अर्को आकर्षक फिचर आइरहेको हुन्छ । 

खासगरी एन्ड्रोइड स्मार्टफोनमा कयौं नयाँ फिचर हुने गर्दछन् । तर कयौं समय हामी आफ्नो फोनमा भएका सबै फिचर वा कुनै उपयोगी फिचरको बारेमा जानकार भइरहेका हुँदैनौं । 

जसका कारण हामी ती फिचर प्रयोग गर्दैनौं । सामान्यतया स्मार्टफोनमा कयौं यस्ता सिक्रेट फिचर हुने गर्दछन् जसको बारेमा हामीलाई थाहै हुँदैन । आज हामी तपाईंलाई एन्ड्रोइड स्मार्टफोनका केही यस्ता फिचरको बारेमा बताउँदै छौं, झसले तपाईंको दैनिकीलाई निकै सहज बनाउनेछ । 

१. ब्याट्रीलाई कसरी जोगाउने ? 

स्मार्टफोनको ब्याट्री छिटो छिटो डिस्चार्ज हुने गर्दछ । सामान्यतया एप्लिकेसन  धेरै प्रयोग गरेकै कारण ब्याट्री चाँडै सकिने गर्दछ । 

यस्तोमा ब्याट्रीलाई लामो समयसम्म टिकाउनका लागि सबैभन्दा पहिले फोनको ब्राइटनेसलाई कम गर्नुहोस् । यसबाट ब्याट्री लामो समयसम्म टिक्नेछ । अर्को कुरा सेटिङमा गएर ब्याट्री अप्सनभित्र रहेको ब्याट्री सेभरलाई समेत इनेबल गर्नुहोट्ठ् । 

२. अटो ब्याकअपमा राख्नुहोस् फोटो

अहिलेको समयमा सबैजसो मानिसहरुले फोनबाट तस्वीरहरु खिचिरहेका हुन्छन् । यस्तोमा कहिलेकाहिँ फोटो खराब भइदियो वा हरायो भने फोनमा राखिएका फोटोहरुको चिन्ता हुन थाल्दछ ।

यदि तपाईंले चाहनुभयो भने ब्याकअप अन गरेर फोटो सेभ गर्न सक्नुहुन्छ । यसका लागि फोनको सेटिङमा जानुहोस् र ब्याकअप अन गर्नुहोस् । आफ्नो जिमेल आईडीलाई सेलेक्ट गरेर ब्याकअप नाउमा दबाउनुहोस् । 

३. फोनमा जोगाउनुहोस् आफ्नो गोपनीयता

कतिपय समय परिवारका सदस्य तथा साथीहरुले फोन प्रयोगका लागि माग्ने गर्दछन् । तर यस्तोमा तपाईं आफ्नो च्याट, भिडियो वा अन्य कुनै एप देखुन् भन्ने चाहनुहुन्न ।

यस्तोमा आफ्नो गोपनीयता जोगाउनका लागि फोनमा गेस्ट मोड हुने गर्दछ । यसलाई अन गरेपछि अरुले तपाईंको फोनका च्याट, म्यासेज वा भिडियो सामग्री हेर्न पाउने छैनन् । 

यस बाहेक अर्को प्राइभेसी फिचरका लागि फोनको सेटिङमा गएर सेक्युरिटी एन्ड लोकेसन अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि स्क्रिन पिनिङलाई अन गर्नुहोस् । 

यति गरिसकेपछि तपाईं कुनै पनि एपलाई पिन गर्न सक्नुहुन्छ । यस्तोमा जसलाई तपाईं आफ्नो फोन दिनुहुन्छ, उसले केवल त्यही एप मात्र हेर्न सक्छ जसलाई तपाईंले पिन गर्नु भएको छ । 

४. नोटिफिकेसनबाट मुक्ति

कयौं समय तपाईं कुनै भिडियोमा क्लिक गर्नुहुन्छ वा नोटिफिकेसन प्राप्त गर्ने अप्सनमा दबाउन पुग्नुहुन्छ । तर हरेक समय फोनको स्क्रिनमा आइरहने नोटिफिकेसनबाट दिक्क पनि भइरहनु भएको छ । 

यस्ता नोटिफिकेसनको झन्झटबाट छुटकारा पाउनका लागि स्क्रिनमा देखिएको नोटिफिकेसनमा दबाउनुहोस् । यस्तो गर्दा ब्लक र म्युटको अप्सन खुल्नेछ । 

यहाँ तपाईंले चाहेको खण्डमा नोटिफिकेसन म्युट गर्न सक्नुहुन्छ । यसबाट तपाईंको फोनमा त्यस्ता नोटिफिकेसनलाई म्युट गर्न वा सधैंका लागि आउन निदेन गरी ब्लक गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०