close

ट्रु कलरमा थपियो नयाँ फिचर, अब थाहा पाइनेछ कल गर्नुको कारण

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ १८:०

ट्रु कलरमा थपियो नयाँ फिचर, अब थाहा पाइनेछ कल गर्नुको कारण

काठमाडौं । ट्रु कलरले एउटा नयाँ फिचर ल्याएको छ, जसको सहयोगमा कुन व्यक्तिले तपाईंलाई किन कल गरिरहेको छ भन्ने कुरा थाहा पाउन सक्नुहुनेछ । 

त्यसो त कम्पनीले कलर आईडीमा नयाँ अप्सन थप गर्दैछ । नयाँ फिचरको नाम कल रिजन राखिएको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताले कल गर्नुको कारण सेट गर्न सक्नेछन् । 

यति गरेपछि कल आउँदा तपाईंलाई त्यसको कारण समेत थाहा हुनेछ । व्यक्तिगत, व्यवसायिक वा अर्जेन्ट कलमा भिन्नता दिलाउन यो फिचर तपाईंका लागि केही हदसम्म फाइदाजनक हुन सक्छ । 

ट्रु कलरको यो नयाँ फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि सार्वजनिक गरिएको छ । यदि तपाईं यो एप प्रयोग गर्नुहुन्छ भने गुगल प्ले स्टोरमा गएर नयाँ फिचरका लागि एप अपडेट गर्न सक्नुहुनेछ ।

यो फिचर प्रयोग गर्नका लागि तपाईंले कल गर्दाको समयमा ट्रु कलरमा आफूलाई म्यासेज वा नोट थप गर्ने विकल्प मिल्नेछ । कल गर्दाको समयमा तपाईं जे नोट लेख्नुहुनेछ कल प्राप्त गर्ने व्यक्तिको स्क्रिनमा कलर आईडीको रुपमा त्यो जानकारी देखिनेछ । 

यदि तपाईंले कुनै कल रिसिभ गर्नु भएन भने पनि मिस कलको अवस्थामा समेत कल गर्ने व्यक्तिले के नोट लेखेको थियो वा कल गर्नुको कारण के थियो भन्ने कुराको जानकारी देख्न सक्नुहुनेछ ।

तर यो फिचर तब मात्र काम गर्नेछ, जब कल गर्ने व्यक्ति र रिसिभ गर्ने व्यक्ति दुवैको मोबाइल फोनमा ट्रु कलर एप इन्स्टल छ र इन्टरनेट कनेक्सनमा हुन्छ । 

कल गर्दाको बखत तपाईं रिसिभ गर्ने व्यक्तिलाई के नोट लेख्न चाहनुहुन्छ, त्यसका लागि एपमा केही कस्टमाइज गरिएका म्यासेज समेत दिइएका छन् । जसमध्ये कुनै एउटालाई छनौट गर्न सक्नुहुनेछ । यद्यपी यसमा तपाईंले आफैं म्यानुअल्ली टेक्स्ट थप गर्ने सुविधा पनि पाउनुहुनेछ । 

साथमा म्यासेज शेड्युल तथा ट्रान्सलेसन फिचर

ट्रुकलर कल रिजन फिचर हाललाई एन्ड्रोइडमा दिइएको छ । आउँदो साल यो फिचर आईओएस प्रयोगकर्ताका लागि समेत ल्याइने कम्पनीले जनाएको छ । 

कल रिजन फिचर बाहेक यो नयाँ अपडेटमा केही अन्य फिचर समेत राखिएको छ । जसमा एसएमएस  शेड्युल गर्न सकिने अप्सन पनि एक हो । 

यसका लागि एउटा नयाँ बटन दिइएको छ, जसको प्रयोग गरेर म्यासेजको समय तथा मिति शेड्युल गर्न सकिनेछ । यस बाहेक एसएमएस म्यासेज ट्रान्सलेसनको फिचर समेत दिइँदैछ । जसले म्यासेज आउँदा त्यसको भाषा पत्ता लगाएर एपले नै ट्रान्सलेट गर्ने अप्सन दिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०