close

आईफोन ट्वेल्भको स्क्रिन रिप्लेसमा ३३ हजार रुपैयाँ लाग्ने

टेकपाना टेकपाना

कात्तिक ९, २०७७ २०:१३

आईफोन ट्वेल्भको स्क्रिन रिप्लेसमा ३३ हजार रुपैयाँ लाग्ने

काठमाडौं । अहिले विश्व प्रविधि बजारमा आईफोन ट्वेल्भको चर्चा चलिरहेको छ । तर सँगसँगै मानिसहरुको चाँसो फोन मर्मत गर्दा आउने खर्चमा समेत देखिँदैछ ।  

यदि आईफोन ट्वेल्भको स्क्रिन टुटफुट भयो र फेर्नुपर्‍यो भने कति खर्च आउला ? केही जानकारहरुका अनुसार आईफोन ट्वेल्भको स्क्रिनका लागि जति मूल्य पर्नेछ, त्यतिमा एउटा राम्रै स्मार्टफोन तपाईंले खरिद गर्न सक्नुहुनेछ । 

अमेरिकामा आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ प्रोमा एउटा नयाँ स्क्रिन फेर्नुपरे २७९ डलर अर्थात करिब ३३ हजार रुपैयाँ लाग्छ । यति मूल्यमा तपाईंले नेपालमै कुनै राम्रो नयाँ स्मार्टफोन खरिद गर्न सक्नुहुनेछ । 

एप्पलको अमेरिकी वेबसाइटमा उल्लेख भएको मूल्य अनुसार आईफोन ट्वेल्भ डिभाइस टुटफुट हुँदा ‘अदर ड्यामेज’ को अवस्थामा तपाईंलाई ४४९ डलरभन्दा बढी (करिब ५३ हजार रुपैयाँ) मूल्य चुकाउनु पर्नेछ । यसैगरी आईफोन ट्वेल्भ प्रोको मर्मत लागत ५४९ डलर (करिब ६५ हजार रुपैयाँ) हुनेछ । 

यद्यपी एप्पल केयर प्लसको साथमा यसका लागि केवल ९९ डलर (करिब १२ हजार रुपैयाँ) खर्च आउनेछ र ब्याट्री रिप्लेसमेन्टका लागि ६९ डलर (८ हजार रुपैयाँ माथिको) खर्च लाग्नेछ । 

स्ट्यान्डर्ड आईफोन ट्वेल्भको वारेन्टी अवधि सकिएको अवस्थामा यसको डिस्प्ले फेर्नु परे तपाईंलाई २७९ डलर (३३ हजार रुपैयाँ) खर्च गर्नुपर्नेछ । यसबाहेक आईफोन ट्वेल्भ प्रो तथा आईफोन ट्वेल्भ प्रो म्याक्सको नयाँ स्क्रिनका लागि अझै महंगो पर्नेछ । 

बाँकी दुई डिभाइसको स्क्रिन रिप्लेसमेन्टमा लाग्ने खर्च भने एप्पलले खुलाएको छैन । यसबाहेक आईफोन ट्वेल्भ मिनीको सानो स्क्रिन फेर्न आईफोन ट्वेल्भको तुलनामा केही सस्तो पर्न सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०