close

फेसबुकले सार्वजनिक गर्‍यो नयाँ सफ्टवेयर, १०० भाषाको गर्न सक्छ अनुवाद

टेकपाना टेकपाना

कात्तिक १०, २०७७ ११:१६

फेसबुकले सार्वजनिक गर्‍यो नयाँ सफ्टवेयर, १०० भाषाको गर्न सक्छ अनुवाद

काठमाडौं । फेसबुकले मसिन लर्निङमा आधारित एउटा नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । जसले १०० वटा भाषालाई अंग्रेजीमा अनुवाद गर्न सक्छ । 

फेसबुकको दाबी अनुसार यो विश्वकै पहिलो सफ्टवेयर हो, जसले १०० भाषाको अंग्रेजी अनुवाद गर्न सक्छ । फेसबुकको यो सफ्टवेयर ओपन सोर्स आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर हो । 

जसबाट सामाजिक सञ्जालमा १६० भन्दा धेरै भाषामा रहेका सामग्रीलाई प्रयोगकर्ताको भाषामा अनुवाद गर्नका लागि तयार पारिएको हो ।  यो सफ्टवेयरको लाभ फेसबुकका दुई अर्बभन्दा बढी प्रयोगकर्ताले उठाउन सक्नेछन् । 

यो सफ्टवेयरका अनुसन्धान सहायक एन्जेला फेनले यो सफ्टवेयरका लागि फेसबुकको रिसर्च टिमले वर्षौंदेखि काम गरेको बताइन् । उनको दाबी अनुसार यो नयाँ सफ्टवेयर कुनै अन्य टूलभन्दा उत्तम छ । 

एन्जेला फेनले आफ्नो ब्लगमार्फत भनेकी छिन्, ‘हामी चिनियाँदेखि फ्रेन्चमा अनुवाद गर्न चाहन्छौं । तर धेरैजसो प्लेटफर्ममा हामीलाई चिनियाँबाट अंग्रेजी र अंग्रेजीबाट फ्रेन्चमा अनुवाद गर्नुपर्ने हुन्छ । 

किनकि अंग्रेजी ट्रेनिङ डेटा सजिलै प्राप्त हुन्छ । जब कि हाम्रो मोडलमा चिनियाँबाट सोझै फ्रेन्चमा अनुवाद गर्न सकिन्छ । फेसबुकले हरेक दिन २० अर्बभन्दा बढी अनुवाद गर्दछ । 

जुन उसको न्युज फिडमा देखिन्छ । नयाँ टूलबाट फेसबुकको अनुवाद झन् छरितो हुनेछ । फेसबुकको यो नयाँ टूलको नाम फेसबुक एम टू एम हन्ड्रेड राखिएको छ ।  । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०