close

दशैंको दिन आफन्तलाई नजिक जोड्दै प्रविधि

टेकपाना टेकपाना

कात्तिक १०, २०७७ ९:३६

दशैंको दिन आफन्तलाई नजिक जोड्दै प्रविधि

काठमाडाैं । नेपालीहरुको महान चाड बडा दशैंअन्तर्गत आज विजयादशमी टीकाको दिन । असत्यमाथि सत्यको विजयका रुपमा यस चाड मनाउने गरिन्छ । 

आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद प्राप्त गर्ने प्रचलन टीकाकाे दिन रहेको छ । आज टीकाको शुभ साइत विहान १०:१९ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएकाे छ ।

दशैं मनाउनका लागि विदेशमा रहेका नेपालीहरु पनि आ–आफ्नो घर फर्कन प्रचलन रही आएको छ । घरबाट टाढा रहेकाहरु यसपाली भने कोरोना भाइरसको जोखिमका कारण आफन्तसँगै भएर मनाउन पाएका छैनन् ।

सरकारले पनि यस पटकको दशैंमा कम भन्दा कम गतिविधि गरेर दशैं मनाउन आग्रह गरेको छ यस्ताे अवस्थामा सूचना प्रविधि नै एक मात्र समाधान साबित भएकाे छ, जसले टाढा-टाढा रहेका आफन्तलाई जोड्ने काम गरेको छ ।

विदेशमा रहेका लाखाैं नेपालीहरू आजका दिन आफन्तसँग जोडिन फेसबुक, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जाल प्रयाेग गरिरहेका छन् । यसपाली नेपालमै रहेका धेरै व्यक्तिहरू आफ्नाे घर जान पाएका छैनन् । उनीहरूका लागि प्रविधि नै सहारा बनेकाे छ ।

यसपटक भिडियो कल वा फोनबाटै दशैंमा आशिर्वाद लिन र दिन प्रविधिले साथ दिएको छ । परिवारमै रहेका सदस्यहरु पनि अन्य आफन्तकहाँ जान जोखिम रहेकाले प्रविधिकै सहारा लिइरहेका छन् ।

यति मात्रै होइन यसपाली दक्षिणाको रुपमा सिधै नोट नदिई बैंकको एप र वालेटबाट रकम ट्रान्सफर गर्ने नौलो शैली भित्रिएको छ । डिजिटल दक्षिण दिँदा बैंकहरुले उल्टै क्यासब्याक अफर समेत ल्याएका छन् ।

यसर्थ चाडपर्वको रौनकता प्रविधिले थप बढाएको छ । साथै दशैंको मिठा, यादगार पलहरु क्यामेरामा कैद गरी आफन्त साथीभाइलाई शेयर गर्नका लागि अहिले निकै सजिलो भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०