close

फेसबुकले ल्यायो आकर्षक फिचर, भिडियो खोज्न अब हुनेछ सहज

टेकपाना टेकपाना

कात्तिक ११, २०७७ १०:५१

फेसबुकले ल्यायो आकर्षक फिचर, भिडियो खोज्न अब हुनेछ सहज

काठमाडाैं । फेसबुकमा दैनिक कयौं भिडियो डाउनलोड हुने गर्दछन् । तपाईं पनि आफ्नो टाइमलाइनमा कयौं भिडियो हेर्नुहुन्छ होला । कयौं समय तपाईं कुनै भिडियो दोहोर्‍याएर हेर्न चाहनुहुन्छ । 

तर सर्च गर्न निकै झन्झट भइदिन्छ । अब फेसबुकले आफ्नो भिडियो प्लेटफर्ममा नयाँ आकर्षक फिचर ल्याएको छ । जसमा प्रति महिना एक अर्ब २५ करोड प्रयोगकर्ता आउने गर्दछन् र अनेक प्रकारका भिडियोबाट मनोरञ्जन लिने गर्दछन् । 

फेसबुक वाचको विशेषता नै के छ भने यसमा टिभी शो, स्पोर्ट्स, न्युज, म्युजिक भिडियो, लाइभ इभेन्ट जस्ता कैयौं भिडियो प्रयोगकर्ताको मनोरञ्जनका उपलब्ध छन् ।

फेसबुकले प्रयोगकर्ताले आफ्नो रुचीको पेज वा प्रोफाइललाई फलो गर्नुका साथै रुचिकर टपिक्स समेत फलो गर्न सक्ने उल्लेख गरेको छ । 

टपिक्सको सहयोगमा तपाईं आफ्नो फिडमा देखिने भिडियोलाई पर्सनलाइज गर्न सक्नुहुन्छ । अर्थात यसबाट तपाईंको न्युज फिडमा तिनै भिडियो कन्टेन्ट आउनेछन्, जसको तपाईंलाई आवश्यकता हुन्छ । 

अमेरिकाबाट यो फिचर सुरु गरिनेछ । जसमा तपाईं आफ्नो मन परेको पेजहरु खोज्न सक्नुहुनेछ । ता कि उनीहरुलाई तपाईं फलो गर्न सक्नुहोस् । 

अमेरिका सहित केही खास बजारमा प्रयोगकर्ताले वाचमा ‘ह्वाट्स ह्यापनिङ’ तथा ‘फिचर्ड’ जस्ता सेक्सन देख्न सक्नेछन् ।

कम्पनीले यो खण्डमा राखिने भिडियोको चयन फेसबुकले नै गर्नेछ । जसबाट प्रयोगकर्ताले यथार्थपरक विषयका सामग्रीको आनन्द लिन सकुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०