close

रास्पबेरीले सार्वजनिक गर्‍यो नयाँ कम्प्युट मोड्युल, मूल्य ३ हजार रूपैयाँ

टेकपाना टेकपाना

कात्तिक ११, २०७७ १२:२३

रास्पबेरीले सार्वजनिक गर्‍यो नयाँ कम्प्युट मोड्युल, मूल्य ३ हजार रूपैयाँ

काठमाडौं । क्याम्ब्रिज (बेलायती) को कम्पनी रास्पबेरीले नयाँ पी कम्प्युट मोड्युल फोर सार्वजनिक गरेको छ । यो कम्प्युटको सुरुवाती मूल्य केवल २५ अमेरिकी डलर अर्थात करिब तीन हजार रुपैयाँ मात्र राखिएको छ । 

रास्पबेरी पी कम्प्युट मोड्युल थ्री प्लसको सफलता पश्चात यसलाई सार्वजनिक गरिएको हो । र्‍याम र साइज अनुसार यो ३२ वटा भेरियन्टमा उपलब्ध हुनेछ ।

यसमा ६४ बिट १.५ गिगाहर्ज क्वाड कोर बीसीएम २७११ प्रोसेसर राखिएको छ । जसलाई रास्पबेरी पी फोर आईमा प्रयोग गरिएको छ । 

कम्पनीले रास्पबेरी पी कम्युटर मोड्युल फोर यसको सबैभन्दा राम्रो र शक्तिशाली मोड्युल हो । रास्पबेरीले यस्ता कयौं कम्प्युट माेड्युलहरू तयार पारेको छ ।  एक जीबी र्‍याम भएको रास्पबेरी पी मोड्युल फोरका लागि २५ अमेरिकी डलर मूल्य राखिएको छ ।

यस्तै रास्पबेरी पी मोड्युल फोर ८ जीबी र्‍याम तथा ३२ जीबी फ्ल्याश स्टोरेजको मूल्य ९० अमेरिकी डलर रहेको छ । यसमा अलग अलग र्‍याम, फल्यास मेमोरी र वायरलेस कनेक्टिभिटीको अप्सन समेत रहेको छ । 

यस्तो छ स्पेसिफिकेसन

रास्पबेरी पी कम्प्युट मोड्युल फोरमा स्पोर्ट्स डुअल एचडीएमआई इन्टरफेस, फोरके रेजोलुसन र सिंगल लेन पीसीआई एक्सप्रेस २.० इन्टरफेस दिइएको छ । यसमा डुअल एमआईपीआई डीएसआई डिस्प्ले र डुअल एमआईपीआई सीएसआई टू क्यामेरा इन्टरफेस रहेको छ । 

यसमा २८ जीपीआईओ पिन दिइएको छ । एक जीबी, दुई जीबी, चार जीबी वा ८ जीबी एलपीडीडीआर ४-३२०० एसडीआरएएम तथा ८ जीबी, १६ जीबी तथा ३२ जीबी ईएमएमसी फ्ल्यास स्टोरेजमा यसलाई खरिद गर्न सकिनेछ । 

भिडियोको कुरा गर्दा यो कम्प्युटर भिडियोकोर भीआई ग्राफिक्स, ओपन जीएल ईएस ३.एक्स, फोरके पी ६० हार्डवेयर डिकोड एच.२६५ (एचईभीसी) भिडियो सपोर्ट दिइएको छ । 

रास्पबेरी पी कम्प्युट मोड्युल फोरमा अप्सनल २.४ गिगाहर्ज प्लस फाइभ गिगाहर्ज ८०२.११ बी/जी/एन/एसी वाईफाई र ब्लुटुथ ५.० वायरलेस कनेक्टिभिटी दिइएको छ । यसले गिगाबिट इथरनेट पीएचवाईका साथै आईईईई १५८८ लाई समेत सपोर्ट गर्दछ । 

कम्प्युट मोड्युल फोर आईओ बोर्ड

यसमा नयाँ आईओ (ईनपुट-आउटपुट) बोर्ड राखिएको छ । जसमा स्ट्यान्डर्ड कनेक्टरयुक्त इन्टरफेस रहेको छ । 

यसमा दुई फुल साइजका एचडीएमआई पोर्ट, गिगाबिट इथरनेट ज्याक, दुई वटा यूएसबी २.० पोर्ट, माइक्रो एसडी कार्ड सकेट, पीसीआई एक्सप्रेस सकेट, ४० पिन जीपीआओ कनेक्टर, १२ भोल्ट पावर इनपुट ज्याक, क्यामेरा तथा डिस्प्ले कनेक्टर र रियल टाइम लक ब्याट्री राखिएको छ ।

यो आईओ बोर्डको मूल्य ३५ डलर राखिएको छ । 

आखिर के हो रास्पबेरी कम्प्युटर ? 

रास्पबेरी जुन कम्प्युटर तयार पार्दछ, त्यो एक कुनै मदरबोर्डजस्तै हुने गर्दछ । यो चिप यति सानो हुन्छ कि खल्तीमा समेत सहजै अटाउन सक्छ । यसका लागि मनिटर, किबोर्ड, माउस, पावर एडप्टर छुट्टै आवश्यक पर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०