close

वानप्लसले ल्यायो बजेट सेगमेन्टमा फाइभजी स्मार्टफोन ‘नोर्ड एन १०’, कति होला मूल्य ?

टेकपाना टेकपाना

कात्तिक १२, २०७७ १०:५९

वानप्लसले ल्यायो बजेट सेगमेन्टमा फाइभजी स्मार्टफोन ‘नोर्ड एन १०’, कति होला मूल्य ?

काठमाडौं । वानप्लसले एन सिरिजनका दुई नयाँ स्मार्टफोन नोर्ड एन १०० र नोर्ड एन १० फाइभजी सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन होल-पन्च डिस्प्लेका साथ उपलब्ध छन् ।

नोर्ड एन १० ले फाइभजी सपोर्ट गर्दछ भने ९० हर्जको डिस्प्ले रहेको छ भने नोर्ड एन १०० ले फोरजी एलटीइ सपोर्ट गर्दछ । यी दवै फाेन अक्टाकाेर प्राेसेसरसहित उपलब्ध छन् । यी स्मार्टफोनहरू नेपाली बजारमा भने आइसकेका छैनन् ।

नाेर्ड एन १० फाइभजी

याे फाेन एन्ड्रोइड-बेस्ड अक्सिजन अपरेटिङ सिस्टम १०.५ मा सञ्चालित छ । फोनमा ६.४९ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । यसमा ६ जीबी र्‍यामसहित अक्टाकोर क्वालकम स्न्यापड्रागन ६९० फाइभजी चिप रहेको छ ।

फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित क्वाड क्यामेरा सेटअप रहेको छ, जसमा म्याक्रो र सुटर लेन्स पनि रहेको छ । जबकि सेल्फीका लागि यसमा १६ मेगापिक्सेलको क्यामेरा रहेको छ ।

फोनको अनबोर्ड स्टोरेज १२८ जीबी रहेको छ, जुन ५१२ जीबीसम्म विस्तार गर्न सकिन्छ । फोनमा फाइभजी, फोरजी एलटिई, वाईफाई सिक्स, ब्लुटूथ भी ५.१ लगायतका कनेक्टिभिटी फिचर छन् ।

फोनको पछाडि फिङ्गरप्रिन्ट सेन्सर रहेको छ । यसमा ४३०० एमएएचको ब्याट्री रहेको छ, जसले ३०टी वाट चार्जिङ टेक्नोलोजी सपोर्ट गर्दछ । यसमा डुअल स्टेरियो स्पिकर रहेको छ ।

याे फाेन कम्पनीले ५१ हजार रूपैयाँकाे हारहारीमा उपलब्ध गराउने भएकाे छ ।

नोर्ड एन १००

याे स्मार्टफोन एन्ड्रोइडमा आधारित अक्सिजन अपरेटिङ सिस्टम १०.५ मा चल्दछ । फोनमा ६.५२ इन्फोचको एचडी प्लस डिस्प्ले रहेको छ । ४ जीबी र्‍याम सहितको फोनले अक्टा-कोर क्वालकम स्न्यापड्रागन ४६० प्रोसेसर सपोर्ट गर्दछ ।

यसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ जहाँ म्याक्रो र शूटर लेन्स छन्। जबकि सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ।

फोनको अनबोर्ड स्टोरेज ६४ जीबी छ, जुन माइक्रो एसडी कार्डको सहयोगमा विस्तार गर्न सकिन्छ। फोनमा फोरजी एलटीई, वाइफाइ सिक्स, ब्लुटुथ भी ५।१ लगायतका कनेक्टिभिटी फिचर छन् ।

यसमा ५००० एमएएचको ब्याट्री उपलब्ध छ, जसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ। याे फाेन कम्पनीले २७ हजार रूपैयाँकाे हारहारीमा उपलब्ध गराउने भएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०