close

राष्ट्रपति कार्यालयको ट्वीटर अकाउण्ट नै ब्लक

टेकपाना टेकपाना

कात्तिक १२, २०७७ १६:६

राष्ट्रपति कार्यालयको ट्वीटर अकाउण्ट नै ब्लक

काठमाडौं । राष्ट्रपति कार्यालयको ट्वीटर अकाउन्ट ब्लक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार सचिवालयले प्रयोग गरिरहेको भेरिफाइड ट्वीटर अकाउन्ट बुधबारदेखि सधैंका लागि ब्लक भएको हो ।

राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टिकाप्रसाद ढकालले प्राविधिक समस्या देखिएकाले शितल निवासको नाममा रहेको ट्वीटर अकाउन्ट बन्द गर्नुपरेको भन्दै ट्वीट गरेका छन् । ‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं,’ उनले ट्वीटमा भनेका छन्, ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०