close

१४४ हर्ज रिफ्रेश रेट भएको रेड्मी के थर्टी एस सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक १२, २०७७ १९:०

१४४ हर्ज रिफ्रेश रेट भएको रेड्मी के थर्टी एस सार्वजनिक

काठमाडौं । साओमीले के सिरिजको नयाँ स्मार्टफोन रेड्मी के थर्टी एस सार्वजनिक गरेको छ । रेड्मी के थर्टी, रेड्मी के थर्टी प्रो र रेड्मी के थर्टी अल्ट्रापछि कम्पनीले यो सिरिजको चौथो स्मार्टफोनको रुपमा सार्वजनिक गरेको हो ।

यो फोन मि टेन टीको रिब्रान्डेड भर्सनको रुपमा बजारमा ल्याइएको हो । रेड्मी के थर्टी एसमा १४४ हर्ज रिफ्रेश रेट भएको डिस्प्ले राखिएको छ । स्नापड्रागन ८६५ प्रोसेसर रहेको यस बाहेक यो फोनमा ट्रिपल क्यामेरा सेटअप रहेको छ ।

मूल्य र फिचर

रेड्मी के थर्टी एसको १२८ जीबी मोडेलको मूल्य दुई हजार ५९९ युआन अर्थात करिब ४६ हजार रुपैयाँ तथा २५६ जीबी मोडेलको मूल्य दुई हजार ७९९ युआन अर्थात करिब ५० हजार रुपैयाँ रहेको छ । चीनमा ११ नोभेम्बरदेखि यो फोनको बिक्री सुरु हुनेछ ।

जुन इन्टरस्टेरल ब्लयाक र मुनलाइट सिल्भर कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसमा एन्ड्रोइड टेनमा आधारित एमआईयूआई ट्वेल्भ रहेको छ ।

यस बाहेक यो फोनमा ६.६७ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ । जसको रेजोलुसन १०८० बाई २४०० पिक्सेल तथा रिफ्रेश रेट १४४ हर्ज छ । डिस्प्लेमा गोरिल्ला ग्लास फाइभको प्रोटेक्सन समेत रहेको छ ।

फोनमा स्नापड्रागन ८६५ प्रोसेसर, ८ जीबी र्‍याम तथा २५६ जीबीसम्मको स्टोरेज रहेको छ । रेड्मी के थर्टी एसमा तीन वटा रियर क्यामेरा रहेका छन् । जसमा ६४ मेगापिक्सेलको सोनी आईएमएक्स ६८२ सेन्सर, १३ मेगापिक्सेलको दोस्रो क्यामेरा र तेस्रो दुई मेगापिक्सेलको म्याक्रो शुटर रहेको छ ।

यसमा सेल्फीका लागि २० मेगापिक्सेलको क्यामेरा राखिएको छ । कनेक्टिभिटीका लागि यसमा फाइभजी, फोरजी एलटीई, वाईफाई सिक्स, ब्लुटुथ भी ५.१, जीबीएस/ए जीपीएस, एनएफसी र टाइप सी पोर्ट रहेको छ ।

फोनको पावर बटनमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ । यसमा ३३ वाट फास्ट चार्जिङको सपोर्ट सहित ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०