close

नबिल बैंकलाई एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्ड

टेकपाना टेकपाना

कात्तिक १२, २०७७ २१:२३

नबिल बैंकलाई एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्ड

काठमाण्डौ । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।

एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले व्यापार तथा वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका कठिनाईहरु अन्त गरेर दिगो विकासका लक्ष्यहरु हासिल गर्न देशहरुलाई सहयोग गर्ने गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा यो प्रोग्रामसँग सबैभन्दा बढी कारोबार गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०