close

मोबाइल एपका लागि युट्युवले ल्यायो ५ नयाँ फिचर

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ ७:३९

मोबाइल एपका लागि युट्युवले ल्यायो ५ नयाँ फिचर

काठमाडौं । गुगलको भिडियो प्लेटफर्म युट्युवले आफ्नो एपका लागि नयाँ पाँच वटा फिचर घोषणा गरेको छ । एन्ड्रोइड र आईओएस दुवैका लागि सार्वजनिक गरिएका यी फिचर विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हो ।

१. भिडियो च्याप्टरः

गत मे महिनामा युट्युवले यो फिचर डेक्सटप प्रयोगकर्ताका लागि ल्याएको थियो । अब यसलाई स्मार्टफोन प्रयोगकर्ताका लागि समेत उपलब्ध गराइएको हो ।

यो फिचरको सहयोगमा प्रयोगकर्ताले भिडियोको कुनै निश्चित खण्डलाई स्किप गर्न सक्नेछन् । अब देखि प्रयोगकर्ताले भिडियोका सबै भागको एक सूची देख्न सक्नेछन् ।

साथै यसमा एउटा प्रिभ्यू थम्बनेल पनि हुनेछ । जसबाट कुन भागमा के छ भन्ने कुरा थाहा पाउन सकिनेछ ।

२. आईकनका लागि नयाँ पोजिसनः

क्याप्सनलाई अझ सहज बनाउन कम्पनीले यो बटनलाई अझ उचित स्थानमा सारेको युट्ययुवले जनाएको छ । यसबाट फोनमा सोझै भिडियो प्लेयरमा स्थान उपलब्ध गराइएको छ ।

यस किसिमले कम्पनीले अटोप्ले टोगललाई पनि अर्को स्थानमा सारेको छ । ता कि यसलाई देख्ने वित्तिकै अन अफ गर्न अझ सहज हुनेछ ।

३. जेस्चर सपोर्टः

युट्युव एप अब फुल स्क्रिन मोडमा प्रवेश गर्ने र बाहिरिने विकल्प सहित आउनेछ । प्रयोगकर्ताले स्वाइप अप गरी फुल स्क्रिन मोडमा प्रवेश गर्न र स्वाइप डाउन गरी त्यसबाट बाहिरिन सक्नेछन् ।

४. सजेस्टेड सेक्सनः

यो फिचरले प्रयोगकर्तालाई फोन रोटेट गर्न वा भिडियोलाई भीआरमा प्ले गर्नका लागि सजेस्ट गर्नेछ ।

यद्यपी एपले यो काम त्यतिखेर मात्रै गर्नेछ, जब यसो गर्दा प्रयोगकर्तालाई अझ राम्रो अनुभव प्राप्त हुन सक्छ । कम्पनीले भविष्यमा थप सजेस्टेड सेक्सन ल्याइने जनाएको छ ।

५. बेडटाइम रिमाइन्डरः

यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै निश्चित समयका लागि रिमाइन्डर सेट गर्न सक्नेछन् । यो फिचरले भिडियो हेर्न बन्द गरेर सुत्ने समय हुँदा तपाईंलाई रिमाइन्ड दिलाउनेछ ।

यसबाट तपाईंलाई आफ्नो युट्युवको समय व्यवस्थापन गर्न सहयोग पुग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०