close

कम प्रकाशको समयमा मोबाइलबाटै यसरी खिच्नुहोस् आकर्षक फोटो

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ ८:४७

कम प्रकाशको समयमा मोबाइलबाटै यसरी खिच्नुहोस् आकर्षक फोटो

काठमाडौं । दिनको उज्यालोमा त प्रायः सबैले आकर्षक तस्वीर खिच्न सकिहाल्छन् । तर दिन ढलेपछि भने फोनमा रहेको क्यामेराको असल परीक्षा हुने गर्दछ ।

अनि मोबाइल प्रयोगकर्ताहरु यस्तो समयमा तस्वीर लिने कुरामा निराश पनि भइरहेका हुन्छन् । यदि तपाईंसँग फोटोग्राफीको सही तरिका थाहा छैन भने जतिसुकै शक्तिशाली क्यामेरा भएको फोन होस्, त्यो बेकार नै हुन्छ ।

आज हामी तपाईंलाई रातको समयमा पनि आकर्षक तस्वीर कसरी लिने भन्ने विषयमा केही टिप्स दिँदै छौं ।

कम्पोजिसन

सब्जेक्टमै सबै फोकस केन्द्रीत गर्नुपर्छ भन्ने कुनै जरुरी छैन । कम्पोजिसन रुल अफ थर्डको रुपमा हुन जरुरी छ ।

फोरग्राउन्ड अर्थात सब्जेक्टको अगाडि सधैं केही निश्चित स्पेस राख्ने कुरामा ख्याल राख्नुहोस् । यस्तो कम्पोजिसन बनाउनुहोस् कि सब्जेक्टसँगै आसपासको वातावरण पनि राम्रो देखियोस् ।

फोनलाई स्थिर राख्नुहोस्ः

तपाईंको फोन जति स्थिर हुन्छ, फोटो त्यति नै राम्रवव आउँछ । यस्तो समयमा संभव भएसम्म स्वासलाई बाहिर छोड्नुहोस् अथवा केही सेकेन्डका लागि रोकेर राख्नुहोस् ।

एचडीआर मोडः

एचडीआर मोड त्यतिखेर मात्र प्रयोग गर्नुहोस्, जतिखेर तपाईंको हात र सब्जेक्ट अर्थात तपाईं जसको तस्वीर खिच्दै हुनुहुन्छ, दुवै स्थिर भएको होस् । यस्तो अवस्थामा केही गरी हल्लियो भने तस्वीर ब्लर हुन पुग्दछ ।

ब्ल्याक एण्ड ह्वाइटः

कुनै पनि प्रकारको इमोस देखाउनका लागि ब्ल्याक एण्ड ह्वाइट जस्तो राम्रो अरु हुँदैन । आसपास अँधेरो होस् र बीचमा प्रकाश वा सब्जेक्टको पछाडिबाट प्रकाश आइरहेको होस् ।

यस्तो अवस्थामा ब्ल्याक एण्ड ह्वाइट इफेक्टको सहयोगमा तपाईं आकर्षक तस्वीर लिन सक्नुहुन्छ । ट्राइपोडः ट्राइपोडको सहयोगमा तपाईं शटर स्पिड कम गरेर तथा आईएसओ थोरै बनाएर तस्वीर खिच्न सक्नुहुन्छ ।

यसमा ब्लर हुने संभावना कम भइदिन्छ । कम आईएसओ हुँदा तस्वीरमा न्वाइज पनि कम हुन्छ । आईएसओ कम गर्दा प्रकाश पनि कम हुन पुग्छ, तर तपाईं त्यसमा पछि एडिट गर्दा लाइट थप्न सक्नुहुन्छ ।

गोल्डेन आवरः

सूर्योदय वा सूर्यास्तको समयमा आकाशमा हलुका लालिमा हुने गर्दछ र अन्य कुनै प्रकारको प्रकाश पनि हुने गर्दछ । यसैलाई गोल्डेन आवर भन्ने गरिन्छ । यस समय हलुका प्रकाश तथा हलुका छायाँले तपाईंका लागि राम्रो फोटोग्राफीको अनुकुल माहोल तयार गरिदिन्छ ।

अटोफोकसमा ध्यान दिनुहोस्ः

जहाँ फोकस गर्नु छ, स्क्रिनमा त्यही भागडमा टच गर्नुहोस् र फोटो खिच्नुहोस् । यसो गर्दा सब्जेक्ट राम्रोसँग एक्सपोज हुन्छ र फोटो सफा र स्पष्ट आउँछ ।

आईएसओ तथा शटर स्पिडः

लो लाइटमा म्यानुअल रुपमा सेटिङ मिलाएर तपाईं राम्रो तस्वीर लिन सक्नुहुन्छ । तपाईं शटर स्पिड कम गरेर तथा आईएसओ बढाएर कम प्रकाशमा पनि राम्रो तस्वीर लिन सक्नुहुन्छ ।

यस्तो समयमा ख्याल राख्नुपर्ने मुख्य कुरा के छ भने सब्जेक्ट जति थोरै भयो, त्यति नै राम्रो हुन्छ । आईएसओ बढी हुँदा न्वाइज तथा ग्रेन्स केही बढी हुन सक्दछ, तर कम प्रकाशमा लाइटको सही व्यवस्थापन गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०