close

हल्ट प्राइजको चौथो उद्यमी टक सिरिज सम्पन्न

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ १४:३०

हल्ट प्राइजको चौथो उद्यमी टक सिरिज सम्पन्न

काठमाडौं । हल्ट प्राइज एट आईओई २०२१ र नेक्स्टजेनको संयुक्त आयोजनामा भइरहेको हल्ट प्राइजको ‘म्युजिकल इभ’ सम्पन्न भएको छ । आइतबार ‘उद्यमी टक सिरिज–लेभल ४ समूह निर्माण’ को आयोजना भएको थियो ।

उक्त सिरिजमा दशैलाई लक्षित गर्दै ‘म्युजिकल इभ’ पनि आयोजना गरिएको थियो । कार्यक्रममा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका प्राध्यापक स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कका सहसंस्थापक अर्पणा जोशी खण्डवाला, चीनको माई होमकी मिडिया म्यानेजर जिन्सी क्षु लगायतको उपस्थिती रहेको थियो ।

उनीहरूले आ–आफ्ना अनुभव साट्नुका साथै उद्यमशीलताका लागि सहभागीहरुलाई अभिप्रेरित गर्ने काम समेत गरेका थिए । उक्त कार्यक्रममा मिस नेपाल वर्ल्ड २०१५ इभाना मानन्धर, मिस नेपाल इन्टरनेसनल २०१६ वर्षा लेखी, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल र आजकल फेसबुकमा भाइरल बनेको ‘सेवेन रिजन्स यु सुड नेभर भिजिट् नेपाल’ की पर्वक्ता मान्सी अग्रवालहरूको छुट्टै प्यानल डिस्कसन समेत रहेको थियो ।

कार्यक्रममा गायक शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना तथा कमेडियन आयुष श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०