नेटटिभीले दिन थाल्यो स्टार स्पोर्ट्स वान र कलर्ससहितका ८ विदेशी च्यानल

काठमाडौं । नेटटिभीले आठ वटा विदेशी च्यानलको प्रसारण पुनः सुचारु गरेको छ । गत शनिबारदेखि लागु क्लिन फिड नीतिले अवरुद्ध केही विदेशी च्यानलको प्रसारण पुनः सुचारु भएको हो ।

वर्ल्डलिङ्कका अनुसार नेटटिभीमा स्टार स्पोर्ट्स वान एसडी, कलर्स एसडी, कलर रिस्ते एसडी, निक एसडी, जूम एसडी, एमटिभी एसडी, टाइम्स नाउ एसडी र हिस्ट्री टिभीको प्रसारण पुनः सुचारु भएको छ ।

क्लिन फिडमा उपलब्ध च्यानलहरु पुनः सुचारु भएको र बाँकी च्यानल पनि चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ । यद्यपी नेटटिभीका च्यानलहरु एलसीएन (च्यानल नम्बर) र प्याकेज अनुसार थपघट तथा परिवर्तन हुनसक्नेछन् ।

यसबाट ग्राहकमा पर्नजाने असुविधाप्रति आफूहरु क्षमाप्रार्थी रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team