close

अमेरिकी प्रतिबन्धका बाबजुद छलाङ मार्दै ह्वावे

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ ७:३७

अमेरिकी प्रतिबन्धका बाबजुद छलाङ मार्दै ह्वावे

काठमाडौं । फाइभजी लगायतका पूर्वाधारमा अमेरिका सहितका देशले लगाएको प्रतिबन्धका बाबजुद ह्वावेले निरन्त रुपमा आम्दानीमा बृद्धिलाई कायम राख्न सफल भइरहेको छ । ह्वावेले भर्खरैमात्र २०२० को तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

यस अवधिमा ह्वावेको आम्दानी ६७१.३ अर्ब चिनियाँ युआन अर्थात ११७ खर्ब ९४ अर्ब ७४ करोड १० लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीको खुद नाफा ८.० प्रतिशत रहेको छ ।

कोभिड–१९ का कारण ह्वावेकोे ग्लोबल सप्लाई चेनमा ठूलो असर परिरहेको छ । अर्कोतर्फ अमेरिका लगायतका देशमा लगाइएको प्रतिबन्धका कारण कम्पनीको उत्पादन र सञ्चालनमा काफी चुनौतिहरू देखा परिरहेका छन् ।

जसले गर्दा यो अवधिमा कम्पनीले समस्याको समाधान खोज्दै आफू बाँच्न र अगाडि बढ्न अनि ग्राहक र आपूर्तिकर्ताप्रतिको आफ्नो दायीत्व पूरा गर्नका लागि काम गरिरहेको छ ।

त्यसै अनुरुप कम्पनीले एआई, क्लाउड, फाइभजी र कम्प्युटिङमा आधारित आईसीटी प्रविधिका अवयवको व्यवसायलाई विस्तार गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०