close

फ्रिक्वेन्सी बापत सरकारले प्राप्त गर्‍यो पौने ४ अर्ब, कसले कति तिरे ?

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ १९:५९

फ्रिक्वेन्सी बापत सरकारले प्राप्त गर्‍यो पौने ४ अर्ब, कसले कति तिरे ?

काठमाडौं । रेडियो फ्रिक्वेन्सीबापत सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा तीन अर्ब ८७ करोड ६३ लाख पाँच हजार ६०१ रुपैयाँ राजस्व प्राप्त गरेको छ । विभिन्न दूरसञ्चार सेवा प्रदायक तथा कम्पनीले गत वर्षमा फ्रिक्वेन्सी दस्तुर तथा थप दस्तुर गरी उक्त राजस्व बुझाएका हुन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सबैभन्दा बढी दस्तुर बुझाउनेमा सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकम रहेको छ । टेलिकमले एक अर्ब ७२ करोड ४९ लाख ९० हजार रुपैयाँभन्दा बढी फ्रिक्वेन्सी दस्तुर तिरेको छ ।

त्यस्तै फ्रिक्वेन्सीका लागि दोस्रो धेरै दस्तुर बुझाउनेमा निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ५९ करोड ९१ लाख ३१ हजार रुपैयाँभन्दा बढी बुझाएको छ ।

कसले कति बुझाए ?

सेवा प्रदायकफ्रिक्वेन्सी दस्तुर (रु.)
नेपाल टेलिकम१,७२४,९९०,१६३
एनसेल१,५९९,१३१,६००
सीजी कम्युनिकेसन७९,१२६,०३५
स्मार्ट टेलिकम२५७,४४९,४५६
नेपाल स्याटेलाइट टेलिकम२१५,१३३,९९१
यूटीएल२,८२६
मर्कन्टाइल कम्युनिकेसन२०४,३६८
रोबिन श्रेष्ठ१,०००
बुटवल पावर कम्पनी२,०००
नेपाल इन्भेस्टमेन्ट बैंक२४,०००
भोटेकोशी पावर कम्पनी१,०००
नेपाल एसबीआई बैंक१,०००
आईफोर टेक्नोलोजी६४,०००
कन्स्टलेसन प्रालि११२,०००
एसएसभीसी रेडियो१,०८०
भोरिक्स इन्फरमेसन टेक्नोलोजी१,०८०
युनिलिभर नेपाल६०,०००
जम्मा३,८७६,३०५,६०१
श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०