close

लेडिज स्मार्टफोन ल्याउँदै लाभा

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ ९:२०

लेडिज स्मार्टफोन ल्याउँदै लाभा

काठमाडौं । भारतीय मोबाइल निर्माता कम्पनी लाभाले आउँदो तिहारसम्म महिलाका लागि विशेष मोबाइल लाभा बीई यू सार्वजनिक गर्ने भएको छ । जुन डिजाइनका साथै स्पेसिफिकेसनमा समेत विशेष हुने बताइएको छ ।

खासगरी महिलाहरुका लागि तयार पारिएको यो फोन सार्वजनिक गर्ने मितिको घोषणा भने आधिकारिक रुपमा हुन बाँकी छ । तर आउँदो नोभेम्बरको पहिलो वा दोस्रो साता सार्वजनिक हुने बताइएको छ ।

नाइन्टीवान मोबाइल्सका अनुसार हाल यो फोनको डिजाइनसँग सम्बन्धित विवरण बाहिर आएको छ । जुन पिंक कलरमा छ र यसको पछाडि भाग निकै आकर्षक छ ।

मूल्य र स्पेसिफिकेसन

लाभाको यो वुमन सेन्ट्रीक अर्थात खासगरी महिलाहरुलाई लक्षित गर्दै सार्वजनिक गरिने फोन लाभा बीई यूको विशेषतासँगै यसको मूल्यसँग जोडिएको जानकारी पनि बाहिर आएको छ । जसअनुसार यो फोनको मूल्य भारु १० हजार रुपैयाँ हुने बताइएको छ ।

यो फोनमा महिलाका लागि सेफ्टीसँग जोडिएका फिचर, लुक्स र स्पेसिफिकेसन सहितका विशेषता रहेका छन् । लाभा बीई यूको पछाडिको भाग झट्ट हेर्दा खुल्ने जस्तो देखिन्छ र तल्लो भागमा स्पिकरको कटआउट पनि देखिन्छ ।

लाभाको यो विशेष फोनमा सेल्फी क्यामेरामा विशेष जोड दिइएको छ । यसका साथै पछाडि भागमा तीन वटा क्यामेराको सेटअप हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०