close

आन्ट्रप्रेनर टक सिरिजमा हलिउड कलाकार डेभिड क्यारोल आउँदै

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ १२:५

आन्ट्रप्रेनर टक सिरिजमा हलिउड कलाकार डेभिड क्यारोल आउँदै

काठमाडौं । हल्ट प्राइज र नेक्स्ट जेनले श्रृंखलावद्ध रुपमा आयोजना गर्दै आइरहेको आन्ट्रप्रेनरशिप टक सिरिजको पाँचौं श्रृंखलामा हलिउड कलाकार डेभिड क्यारोल र मोटिभेसनल स्पिकर मोमिन साकिब सहभागी हुने भएका छन् ।

उक्त कार्यक्रम ‘ब्राण्डिङ योर प्रडक्ट’ विषयमा केन्द्रीत रहने छ । दुवै अतिथि जूम मार्फत अमेरिकाबाट जोडिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

नेटफ्लिक्सको शो ‘द ग्रेट ह्याक’का अभिनेता डेभिडको डेटा क्वेस्ट वायर्ड, द गार्डियन, मोदरबोर्ड, द बोस्ट रिभ्यू, स्लेट, मदर जोनस, र अन्य धेरै अन्तर्राष्ट्रिय प्रेसहरुमा प्रकाशित भइसकेको छ ।

डेभिड मिडिया डिजाइनका सहायक प्राध्यापक तथा एमएफए डिजाइनका पूर्व निर्देशक समेत हुन् । उनी विश्व चर्चित क्याम्ब्रिज एनालिटिका र त्यससँग जोडिएको कम्पनीलाई लिएर पनि चिनिन्छन् ।

साथै उक्त समारोहमा २०१५ को मिस युनिभर्सकी दोस्रो रनरअप नाभेली देशमुख पनि उपस्थित रहने उल्लेख गरिएको छ । उनी उक्त कार्यक्रममा प्यानलिस्टको रुपमा रहने छिन् ।

उनी भारतीय मोडल तथा भरतनाट्यम नृत्यकार समेत हुन् । साथै कार्यक्रममा पाकिस्तानबाट मोटिभेसनल स्पिकर, अधिकार कर्मी, सार्वजनिक वक्ता, समाजसेवी, शिक्षाविद् तथा कलाकार मोमिन साकिब समेत सहभागी रहने छन् ।

३१ अक्टोबर २०२० मा आयोजना हुने उक्त टक श्रृंखलामा सहभागी हुन चाहनेले यहाँ क्लिक गरी दर्ता गराउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०