आविष्कार भयो अल्ट्रा फास्ट थ्रिडी क्यामेरा, जसले खिच्न सक्छ प्रति सेकेण्ड १ खर्ब फ्रेम

काठमाडौं । मेडिकल तथा इलेक्ट्रिकल इन्जिनियर तथा ब्रेन प्रोफेसर लिहंङ वाङ र उनकाे टिमले अल्ट्रा फास्ट थ्रिडी क्यामेरा बनाएका छन् । उनीहरुले बनाएको उक्त क्यामेराले एक खर्ब फ्रेम प्रति सेकेण्डका दरले फोटाे तथा भिडियो क्याप्चर गर्न सक्नेछ ।

यसअघि उनिहरुकै समूहले ७० ट्रिलियन अर्थात ७ सय खर्ब फ्रेम प्रति सेकण्डका दरले फोटाे तथा भिडियो खिच्न सकिने उल्लेख गरिएको छ ।

यसरी फ्रेम प्रति सेकण्डको गतिलाई कम गर्नुको उद्देश्य भिडियो तथा फोटो तिन फरक डाइमेन्सनमा पूर्ण डिटेल्सका साथ लिन सकिन्छ भन्ने हो ।

एक खर्ब फ्रेम प्रति सेकेण्ड भएको क्यामेराले ‘सिंगल–सट–स्टेरीयो–पोलारिमेट्रिक कम्प्रेस्ड अल्ट्रा फास्ट फोटोग्राफी’(एसपी–सीयुपी) प्रविधिको प्रयोग गर्ने उल्लेख गरिएको छ ।

यसको मद्दतले उच्च गतिमा थ्रिडी भिडियो खिच्न सकिनेछ । उक्त क्यामेरोको डिजाइन मान्छेको दुई आँखाले डेप्थसँग मिल्ने गरी बनाइएको छ, जसले गर्दा आँखाले जस्तो देखिन्छ त्यस्तै फिल क्यामेराले दिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team