close

ह्वाट्सएपमा हुन्छ दैनिक १ खर्ब म्यासेज आदानप्रदान

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ १४:३१

ह्वाट्सएपमा हुन्छ दैनिक १ खर्ब म्यासेज आदानप्रदान

काठमाडौं । म्यासेजका लागि चर्चित एप ह्वाट्सएप मार्फत दैनिक एक खर्बभन्दा बढी म्यासेज आदान प्रदान हुने गरेको तथ्य सार्वजनिक भएको छ । बिहिबार कम्पनीको त्रैमासिक रिपोर्ट प्रस्तुत गर्दै कम्पनीका कार्यकारी प्रमुख मार्क जुकरबर्गले यसबारे जानकारी दिएका हुन् ।

२०२० काे अघिल्लो दिन अर्थात् न्यु इयर इभका दिन एक अर्ब म्यासेज आदान प्रदान भएको थियो । उक्त दिन नै ह्वाट्सएपले सबैभन्दा धेरै इंगेजमेन्ट प्राप्त गरेको दिन थियो । उक्त समयमा ह्वाट्सएपमा केही समस्या पनि देखा परेको थियो ।

त्यसश्चातका दिनमा दैनिकजसो एक अर्बकै हाराहारीमा ह्वाट्सएप मार्फत म्यासेज आदानप्रदान हुने गरेको जुकरबर्गले बताएको छन् । यसरी दैनिक एक अर्ब म्यासेज आदान प्रदान हुने क्रममा ह्वाट्सएप अहिले आफैसँगै प्रतिस्पर्धा गरिरहेको छ ।

यसअघि सन् २०१६ मा ह्वाट्सएप र फेसबुक म्यासेन्जर गरेर दैनिक ६० बिलियन म्यासेज आदान प्रदान हुने गरेको थियो । एप्पलको आईम्यासेज यो मामलामा धेरै नै पछाडि रहेको छ ।

त्यस्तै १ बिलियन प्रयोगकर्ता रहेको विच्याट पनि दैनिक रुपमा हुने म्यासेज आदान प्रदानको हिसाबले ह्वाट्सएपभन्दा पछि नै रहेको छ ।

सन् २०१४ को सुरुवातमा ह्वाट्सएप मार्फत हरेक दिन ५० बिलियन म्यासेज आदान प्रदान हुने गरेको थियो । जुन बेला ह्वाट्सएपको प्रयोगकर्ता ५०० मिलियनभन्दा कम थिए ।

अहिले ह्वाट्सएपका प्रयोगकर्ता २ बिलियन अर्थात् दुई अर्बभन्दा बढी रहेका छन् । ह्वाट्सएपको सबैभन्दा ठूलो बजार भारत हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०