close

नेटफ्लिक्सले बढायो ‘स्ट्यान्डर्ड’ र ‘प्रिमियम’ प्लानको मूल्य

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ १५:२३

नेटफ्लिक्सले बढायो ‘स्ट्यान्डर्ड’ र ‘प्रिमियम’ प्लानको मूल्य

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय भिडियो प्लेटफर्म नेटफ्लिक्सले ‘स्ट्यान्डर्ड’ र ‘प्रिमियम’ प्लानको मूल्य बढाएको छ । लामो समयदेखि यी प्लानकाे मूल्य बढ्ने चर्चा चलिरहेकाे थियाे ।

केही समयअघि प्रतिस्पर्धी सेवा प्रदायक अमेजन प्राइम लगायतले आफ्नो विभिन्न प्लानको मूल्य बढाएसँगै नेटफ्लिक्सले पनि मूल्य बढाउने अपेक्षा गरिएकाे थियाे । तर, कोरोनाका कारण मूल्यमा कुनै परिवर्तन नगरेको नेटफ्लिक्सले अब भने मूल्य बढाएको छ ।

कम्पनीका अनुसार अब प्रयोगतर्काले स्ट्यान्डर्ड प्लानका लागि प्रतिमहिना १३.९९ डलर तिर्नुपर्नेछ । जुन अघिल्लो यसअघिको मूल्यभन्दा १ डलर बढी हो । यसअघि प्रयोगकर्ताले यो प्लानका लागि १२.९९ डलर मासिक तिर्नुपर्ने हुन्थ्यो ।

त्यस्तै प्रिमियम प्लानको मासिक मूल्य १७.९९ डलर पुगेको छ । यसअघि १५.९९ डलर रहेको उक्त प्लानमा एकैपटक २ डलर मूल्य वृद्धि गरिएको छ । तर, कम्पनीले आफ्नो ‘बेसिक प्लान’ को मूल्यमा भने कुनै परिवतर्न नगरेको जनाएको छ । नेटफ्लिक्सको बेसिक प्लान मासिक ८.९९ डलरमा उपलब्ध हुँदै आएको छ ।

नयाँ मूल्य नयाँ प्रयोगकर्ताको हकमा तुरुन्तै लागू हुनेछ भने पुरानाको ग्राहकको हकमा रिन्युको समय अवधि नसकिँदासम्म कुनै परिवर्तन नहुने जनाइएको छ । रिन्यु गर्दा भने प्रयोगकर्तालाई यसबारे सूचित गराएर मात्रै लागू गरिने जनाइएको छ ।

यसरी कम्पनीले आफ्ना विभिन्न प्लानमा मूल्य बढाउने निर्णय गरेसँगै नेटफ्लिक्सको शेयर ५ प्रतिशतले वृद्धि भएको दि वाल स्ट्रिट जर्नलमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०