close

एन्ड्रोइड टिभीमा यसरी परिवर्तन गर्नुहोस् स्क्रिन सेभर

टेकपाना टेकपाना

कात्तिक १५, २०७७ ९:५९

एन्ड्रोइड टिभीमा यसरी परिवर्तन गर्नुहोस् स्क्रिन सेभर

काठमाडौं । पछिल्लो सयम एन्ड्रोइड टिभीको माग बढी रहेको छ । टिभीमै विभिन्न एप समेत प्रयोग गर्न मिल्ने भएकाले पनि युवा पुस्ता यसमा आकर्षित हुँदै गएका छन् । जसको परिणामा हेरक वर्ष टिभीमा विभिन्न फिचरहरु थप हुँदै आएको छ ।

विस्तारै टिभीको स्क्रिनलाई समेत आफूले चाहेअनुसार मिलाउन सकिन्छ । यसको अर्थ एन्ड्रोइड फोनमा जस्तै टिभीको स्क्रिन परिवर्तन गर्न सकिन्छ भन्ने चैं होइन् । तर, पनि तपाईंले केही भने मिलाउन सक्नुहुनेछ । त्यसमध्य एउटा हो, ‘स्क्रिन सेभर’ ।

एन्ड्रोइड टिभीमा तपाईंले स्मार्टफोनमा जस्तै स्क्रिन सेभर राख्न सक्नुहुन्छ । जसको मद्दतले भित्तामा राखिएको टिभी बन्द भएको बेलामा पनि आकर्षण फ्रेम जस्तै बनाउन सकिन्छ । जसमा उच्च क्वालिटिको फोटो, टाइम र वेदर राख्न मिल्छ ।

त्यसका लागि गुगल प्ले स्टोरमा दर्जनौ ‘स्क्रिन सेभर एप्स’ प्राप्त गर्नुहुनेछ । जसको मद्धतले तपाईंले आफ्नो एन्ड्रोइड टिभीलाई नयाँ लुक प्रदान गर्न सक्नुहुनेछ । त्यसका लागि टिभीमा रहेको गुगल प्ले स्टोरमा क्लिक गरी त्यसको सर्च बारमा ‘स्क्रिन सेभर’ अथवा ‘डेड्रिम’ टाइप गरी सर्च गर्नुहोस् । त्यहाँ विभिन्न विकल्प उपलब्ध हुनेछ । त्यसमध्ये कुनै एक एप इन्स्टल गर्नुहोस् ।

उक्त एप इन्स्टल भएसँगै अब स्क्रिन सेभर राख्ने प्रक्रिया सुुरु हुनेछ । त्यसका लागि टिभीको होम स्क्रिनको दायाँ साइडमा माथि रहेको गियर आइकन (सेटिङ) मा क्लिक गर्नुहोस् ।

Select the Gear icon.

अब ‘डिभाइस पर्फमेन्स’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

Select "Device Preferences."

डिभाइस पर्फमेन्समा क्लिक गरी त्यसको तल रहेको ‘स्क्रिन सेभर’ अप्सनमा क्लिक गर्नुहोस् ।

Select "Screen Saver."

त्यसको भित्र सबैभन्दा माथि रहेको स्क्रिन सेभर भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

Select "Screen Saver."

अब त्यहाँ उपलब्ध स्क्रिन सेभरमध्ये आफूलाई मनपर्ने कुनै एक छनोट गर्नुहोस् ।

Select the screen saver you want to use.

यदि तपाईं गुगल प्ले स्टारेबाट स्क्रिन सेभर एप डाउनलोड गरी प्रयोग गरिरहने भएको छ, भने उक्त एपको अप्सन त्यहाँ स्वत: देखाउनेछ । त्यसमध्य आफ्नो अवाश्यकता छनोट गर्नुहाेस् र रिमोटमा ‘ब्याक’ बटन क्लिक गर्नुहोस् ।

यती गरेसँगै अब तपाईंको स्क्रिन सेभर बस्नेछ । तर, त्योभन्दा पनि महत्वपूर्ण कुरा तपाईंले आफूलाई पायक पर्ने गरी केही सेटिङ भने मिलाउनु पर्ने हुन्छ ।

त्यसका लागि जब तपाईंले रिमोटमा ‘ब्याक’ अप्सन थिच्नुहुन्छ, त्यहाँ ‘स्क्रिन सेभर’ को तल ‘होइन टु स्टार्ट’, ‘पुट डिभाइस टु स्लिप’, ‘स्टार्ट नाउ’, ‘स्लिप नाउ’, ‘स्टे अवेक अन म्युजिक’ लगायका अप्सन देख्नुहुनेछ ।

The "Screen Saver" menu on Android TV.

त्यसमध्ये पहिलो अप्सनमा तपाईंले टिभी बन्द भएको कति मिनेट पश्चात स्क्रिन सेभर सुरु गर्ने भनेर मिलाउन सक्नुहुनेछ । दोस्रो अप्सन ‘पुट डिभाइस टु स्लिप’ मार्फत टिभी कति मिनेटमा ‘स्लिप’ मोडमा जाने भने राख्न सक्नुहुेनछ ।

त्यस्तै ‘स्टार्ट नाउ’ भन्ने अप्सन एउटा सबैभन्दा उपयुक्त विकल्प हुनसक्छ । यो विकल्प छनोट गर्नु भएको खण्डमा तपाईंले टिभी बन्द गर्ने बित्तिकै स्क्रिन सेभर सुरु हुनेछ । ‘स्लिप नाउ’ भन्ने अप्सनमार्फत तपाईंले टिभीलाई स्लिप मोडमा लैजान सक्नुहुनेछ ।

यदि यो अप्सन अन गर्नुभएको खण्डमा भने स्क्रिन सेभरले काम गर्ने छैन । बाँकी रह्यो ‘स्टे अवेक अन म्युजिक’ अप्सन । जुन तपाईंले म्युजिक एप चलाउनु भएको छ भने टिभी स्लिप मोडमा हुँदा पनि गीत बजी रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०