close

देशभित्र कुन नम्बरमा फोन गर्दा मोबाइलमा कति लाग्छ शुल्क ?

टेकपाना टेकपाना

कात्तिक १४, २०७७ १८:३४

देशभित्र कुन नम्बरमा फोन गर्दा मोबाइलमा कति लाग्छ शुल्क ?

काठमाडौं । भाइबर, ह्वाट्सएप, म्यासेञ्जर लगायतका ओटीटी सेवाको प्रयोग काफी मात्रामा बढेको भए पनि अझै हरेक प्रयोगकर्ताले भ्वाइस सेवा प्रयोग गरिरहेकै छन् । यसका लागि ६ वटा सेवा प्रदायकले लाइसेन्स पाएको भए पनि ३ वटा कम्पनीले मात्रै सेवा दिइरहेका छन् ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम, निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल र स्मार्ट टेलिकमले मात्रै नेपालमा टेलिफोन सेवा उपलब्ध गराइरहेका छन् । तर तीनवटै कम्पनीको दस्तुर भने फरक-फरक छ ।

आज हामी तपाईंलाई एउटा नम्बरबाट मुलुकभित्रकै अर्को नम्बरमा कल गर्दा कति शुल्क लाग्छ भन्ने बारेमा बताउँदै छौं ।

नेपाल टेलिकम

टेलिकमबाटटेलिकममाप्रति मिनेट (रु.)
प्रिपेडटेलिकमका सबै नम्बरमा१.५०
पोस्टपेडटेलिकमका सबै नम्बरमा (पिक आवर)१.००
पोस्टपेडटेलिकमका सबै नम्बरमा (अफ पिक आवर)०.५५
नेपाल टेलिकमबाटएनसेलमाप्रति मिनेट शुल्क (रु.)
ल्याण्डलाइन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेडप्रिपेड/पोस्टपेड१.८७
जीएसएम प्रिपेड/ सीडीएमए प्रिपेडप्रिपेड/पोस्टपेड२.००
नेपाल टेलिकमबाटस्मार्टमा प्रति मिनेट शुल्क (रु.)
पीएसटीएन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेड
जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेड
२.००

एनसेल

एनसेलबाटएनसेलप्रति मिनेट (रु.)
पोस्टपेडप्रिपेड/पोस्टपेड१.२८
प्रिपेडपोस्टपेड/प्रिपेड२.५४
एनसेलबाटटेलिकमप्रति मिनेट (रु.)
पोस्टपेडटेलिकमका सबै नम्बरमा१.५३
प्रिपेडटेलिकमका सबै नम्बरमा२.५४
एनसेलबाटस्मार्टमा प्रति मिनेट (रु.)
पोस्टपेड१.९२
प्रिपेड२.५४

स्मार्ट सेल

स्मार्टबाटसबै नम्बरमा प्रति मिनेट (रु.)
स्मार्टस्मार्ट/टेलिकम/एनसेल१.९२

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०