close

२ सय जना डेलिभरी राइडर खोज्दै फुडमाण्डु, पारिश्रमिक ३० हजारसम्म

टेकपाना टेकपाना

कात्तिक १५, २०७७ ९:२३

२ सय जना डेलिभरी राइडर खोज्दै फुडमाण्डु, पारिश्रमिक ३० हजारसम्म

काठमाडौं । अनलाइन अर्डरमा होटेल रेस्टुरेन्टको खाना तथा खाजाको होम डेलिभरी दिँदै आएको फुडमाण्डुले डेलिभरी राइडरलाई जागिर दिने भएको छ । कम्पनीले काठमाडौं र ललितपुरमा काम गर्नेगरी करिब २०० राइडर खोजेको हो ।

दैनिक ६ घण्टा काम गर्दा इन्सेन्टिभ सहित मासिक २५ देखि ३० हजार रुपैयाँ तलव दिइने फुडमाण्डुले जनाएको छ । डेलिभरीको समय भने दिउँसो १ देखि बेलुका ७ बजेसम्म र दिउँसो दुई बजेदेखि बेलुका ८ बजेसम्म हुनेछ ।

यसका लागि राइडरले न्यूनतम एसएलसी पास गरेको र साथमा आफ्नै बाइक समेत भएको हुनुपर्नेछ । साथै एन्ड्रोइड फोन भएको, काठमाडौं उपत्यकाको लोकेसनको विषयमा उचित जानकारी राख्ने र गुगल म्याप प्रयोग गर्न सक्नेहरुले डेलिभरी राइडरका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि यहाँ क्लिक गरी ईमेल पठाउन तथा ९८०११८६२८२ वा ९८०२३१५८६७ मा कल गर्न सकिनेछ । आउँदो दुई महिनाभित्र करिब दुई सय जना डेलिभरी राइडरहरु भर्ना गर्ने योजना रहेको फुडमाण्डुका संस्थापक मनोहर अधिकारीले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०