close

स्न्यापड्रागन ८७० प्रोसेसर भएको स्मार्टफोन ल्याउँदै ओप्पो

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ १२:३०

स्न्यापड्रागन ८७० प्रोसेसर भएको स्मार्टफोन ल्याउँदै ओप्पो

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले एक हाई-इन्ड स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ । रिपोर्टका अनुसार कम्पनीले क्वालकम स्न्यापड्रागन ८७० प्रोसेसरको साथ फोन ल्याउने तयारी गरेको छ ।

यद्यपि क्वालकमले स्नापड्रागन ८७० चिपसेट ल्याइसकेको छैन । अमेरिकी चिप निर्माता क्वालकमले डिसेम्बरमा मात्रै यसको आधिकारिक घोषणा गर्दैछ । डिसेम्बरमा क्वालकमले ८७५ र ८७० प्राेसेसरकाे चिपसेट सार्वजनिक गर्दैछ ।

ओप्पोले आफ्नो नयाँ हाई-इन्ड स्मार्टफोनमा ८७० प्रोसेसर प्रयोग गर्नेछ, जुन ८६५ प्राेसेसरकाे तुलनामा उच्च गुणस्तरकाे हुनेछ ।

रिपोर्टका अनुसार क्वालकम स्न्यापड्रागन ८७० प्रोसेसरमा ३.२ गिगाहर्जसम्मको गति क्षमता रहेको छ । ओप्पोले यस फोनको नाम स्पष्ट गरेको छैन, न त कम्पनीका अन्य फिचरका बारेमा नै उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०