close

यसरी परिवर्तन गर्नुहोस् म्यासेन्जरको थिम

टेकपाना टेकपाना

कात्तिक १७, २०७७ ७:१७

यसरी परिवर्तन गर्नुहोस् म्यासेन्जरको थिम

काठमाडौं । फेसबुकले हालै म्यासेन्जरमा नयाँ सुधारको घोषणा गरेको छ । यसमध्ये एउटा थिम हो, जसले तपाईंको प्रत्येक म्यासेन्जर च्याटको ब्याकग्राउण्ड र इमोजीलाई परिवर्तन गरिदिन्छ । 

म्यासेन्जर च्याटमा केही थिमहरू छन्, जसले च्याटको पृष्ठभूमि, रंग र सिग्नेचर इमोजीलाई परिवर्तन गरिदिन्छ । तपाईंले कुरा गरिरहेको व्यक्तिको नाममा ट्याप गरेपछि थिम परिवर्तन गर्न सकिने अप्सनहरु पाउनुहुन्छ । 

यदि तपाईं आधारभूत थिम्ससँग सन्तुष्ट हुनुहुन्न र आफ्नो विशेष च्याटलाई अझ धेरै विशेष बनाउन चाहनुहुन्छ भने तपाईंलाई अतिरिक्त प्रयासको आवश्यकता पर्दछ । आफ्नो विशेष च्याटलाई कस्टमाइज गर्न त्यसको नाममा ट्याप गर्नुहोस् । यति गरेपछि अप्सन देखा पर्दछ ।

अब देखिने मेनुबाट धेरै कुरा देख्नुहुन्छ । तपाईंले यसमा कुराकानीलाई गोप्य बनाउन सक्नुहुन्छ । तपाईंले आदान-प्रदान गरेका सम्पूर्ण तस्वीर तथा भिडियोलाई हेर्न सक्नुहुन्छ । यी सबै अप्सनहरुको अग्रभागमा तपाईंले थिम अप्सन देख्नुहुनेछ ।

त्यहाँ ट्याप गरेपछि अन्य विभिन्न अप्सनहरु देख्नुहुनेछ । त्यहाँ प्राइड थिमदेखि कलर ग्रेडियन्ट्ससम्म देख्न सक्नुहुन्छ ।

यदि थिम परिवर्तन गर्नुभयो भने तपाईंको इमोजी पनि सँगै परिवर्तन हुन्छ । तर तपाईंले इमोजीलाई पनि कस्टमाइज गर्न सक्नुहुन्छ ।  

तपाईंले जब यी थिम र इमोजीलाई परिवर्तन गर्नुहुन्छ, तब अर्को व्यक्तिले पनि त्यसको नोटिफिकेसन पाउन सक्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०