close

गुगल म्यासेजको नयाँ फिचर, अब क्याटेगोरी अनुसार छुट्टिनेछ म्यासेज

टेकपाना टेकपाना

कात्तिक १७, २०७७ २०:२७

गुगल म्यासेजको नयाँ फिचर, अब क्याटेगोरी अनुसार छुट्टिनेछ म्यासेज

काठमाडौं । हामी कतिपयलाई गुगलको म्यासेजिङ एपको बारेमा जानकारी नहुन सक्छ । किनभने धेरैजसो ब्राण्डका फोनमा मोबाइल म्यासेजका लागि छुट्टै एपको प्रयोग भएको हुन्छ ।

कतिपय फोनमा गुगल म्यासेज नै डिफल्ट म्यासेजिङ एपकै रुपमा रहेको हुन्छ । यदि मोबाइलमा गुगल म्यासेज छैन भने पनि तपाईंले गुगल प्ले स्टोरबाट यसलाई डाउनलोड गर्न सक्नुहुनेछ

यसअघि माेबाइलमा गुगल म्यासेज प्रयोगको मज्जा लिइरहेका प्रयाेगकर्ताले सामान्य म्यासेजिङको तुलनामा पक्कै बेग्लै अनुभव लिएका छन् । हुन त म्यासेज पठाउने त हो नि भन्न पनि सकिन्छ ।

तर, म्यासेज पठाउँदा त्यसमा प्रयोग हुने परिकारले पनि धेरै कुरालाई फरक पार्छ । त्यही परिकार सहितको गुगल म्यासेजिङको प्रयोग पछिल्लो समय बढी रहेको छ । प्रयोगकर्ताको आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले पनि समय समयमा विभिन्न फिचरहरु थप गर्दै आइरहेको छ

यसै क्रममा कम्पनीले नयाँ फिचर सार्वजनिक गरेको छ । याे फिचर केही प्रयाेगकर्तामा उपलब्ध नै भइसकेकाे उल्लेख छ ।

कम्पनीले प्रयोगकर्ताको सहजताको लागि क्याटेगाेरी छुट्याएको हो । विभिन्न म्यासेज एकै ठाउँमा आउँदा हुने झन्झटलाई कम गर्न कम्पनीले म्यासेजको प्रयोजन अनुसार छुट्याएकाे छ ।

यसको अर्थ गुगल म्यासेजमा अब चारवटा क्याटेगाेरी हुनेछ । जसमा ‘अल’, ‘पर्सनल’, ‘ट्रयान्ज्याक्सन’ र ‘ओटीपी’ रहने छ ।

जसमध्ये ‘अल’ मा अहिले जस्तै सबै म्यासेज एकै ठाउँमा हुनेछ भने पर्सनलमा व्यक्तिको मोबाइल नम्बरबाट आएको म्यासेज रहनेछ ।

त्यस्तै ट्रान्जेक्सनमा तपाईंले गर्ने बैंकिङ कारोबारसँग सम्बन्धित म्यासेज छुट्टिएर बस्नेछ भने ओटीपीमा विभिन्न ठाउँमा लगईन गर्दा प्रयोग हुने ओटीपी कोडको म्यासेज रहने छ ।

यसरी म्यासेजलाई क्याटेगाेरी अनुसार छुट्याएर दिँदा प्रयोगकर्तालाई म्यासेज खोज्न सहज हुने अपेक्षाका साथ कम्पनीले यसको तयारी गरिरहेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०