एटीएम बुथ फोड्दै गरेको अवस्थामा एक युवक पक्राउ टेकपाना सोमबार, कार्तिक १७, २०७७ १४:१४ काठमाडौं । काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा आइतबार एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई काठमाडौं बानेश्वर बस्ने १८ वर्षीय एक किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।