close

मिनी एलईडी स्मार्ट टिभी ल्याउँदै सामसङ

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ ८:१३

मिनी एलईडी स्मार्ट टिभी ल्याउँदै सामसङ

काठमाडौं । विश्वकाे नम्बर वान माेबाइल कम्पनी सामसङ स्मार्ट टिभीको दुनियाँमा पनि नेतृत्वदायी कम्पनी हो । एलईडी टिभीको विश्व बजारमा सामसङले कब्जा नै जमाएको छ ।

यसैबीच कम्पनीले अब नयाँ प्रविधियुक्त नयाँ टिभी सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि सामसङ मिनी स्मार्ट एलईडी टिभीका लागि काम गर्दै आएको छ ।

नयाँ प्रतिवेदन अनुसार आगामी वर्षको पहिलो ६ महिनाभित्र कम्पनीले उक्त टिभी सार्वजनिक गर्ने भएको छ । नयाँ डिभाइस सार्वजनिक हुने यकिन मिति नभएता पनि कम्पनीले सन् २०२१ को अन्त्यसम्म २० लाख डिभाइस बेच्ने योजना बनाएको छ ।

उक्त टिभी सामासङले यसअघि बिक्री गर्दै आएको क्युएलईडी टिभीकै लाइनअप हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०