पराजुलीको अध्यक्षतामा आईस्पानमा नयाँ कार्यसमिति

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सुबिसु केबल नेटका सह-संस्थापक एवं अध्यक्ष रहेका पराजुली सर्वसम्मत रूपले अध्यक्षमा चयन भएका हुन् ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा प्रमेश खरेल रहेका छन् भने महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै आईस्पानको नयाँ समितिमा कमलप्रसाद बास्तोला सचिव र पुष्करसिंह बडाल कोषाध्यक्ष पदमा चयन भएका छन् ।

त्यस्तै संस्थाकाे वरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा, विनयमोहन साउद रहेका छन् भने सदस्यमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team