close

डिसेम्बरदेखि ‘एस ट्रान्स्लेटर’ सेवा बन्द गर्दै सामसङ

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १३:५२

डिसेम्बरदेखि ‘एस ट्रान्स्लेटर’ सेवा बन्द गर्दै सामसङ

काठमाडौं । सामसङले अर्को महिनादेखि ‘एस ट्रान्स्लेटर’ सेवा बन्द गर्ने भएको छ । अघिल्लो महिनामात्रै गुगल लेन्सजस्तै क्यामेरा फिचर रहेको ‘बिक्सबाई’ फिचर बन्द गरेको सामसङले अब एस ट्रान्सलेटर बन्द गर्ने भएको हो ।

यो एप विशेष गरी दक्षिण कोरियामा बढी प्रयोग हुँदै आएको थियो । कम्पनीले याे फिचरका प्रयोगकर्तालाई अब यो सेवा बन्द गर्ने भन्दै जानकारी पठाएको छ ।

प्रयोगकर्तालाई पठाएको जानकारी अनुसार उक्त सेवा डिसेम्बर १ देखि बन्द हुनेछ । उक्त सेवाबाट संकलन भएको व्यक्तिगत जानकारी समेत डिलिट गरिने जनाइएको छ ।

उक्त नोटिसमा कम्पनीले एस ट्रान्सलेटर प्रयोगकर्ताले देखाएको रुचि र मायाका लागि धन्यवाद दिएको छ ।

यो एप सामसङको फ्ल्यागशिप डिभाइस किन्दा सुरुमै इन्स्टल भएर आउने गरेको थियो । उक्त एपमार्फत ११ भाषा अनुवाद गर्न सकिने थियो ।

जसमा ब्राजिलियन पोर्चुगिज, इङ्लिस (यूके), इङ्लिस (यूएस), फ्रेन्च, जर्मन, इटालियन, जापनिज, कोरियन, रसियन, चिनियाँ र स्पेनिस भाषा उपलब्ध रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०