close

अब फेसबुक ग्रुपमा देखिने कमेन्ट सान्दर्भिक छ वा छैन भनेर भोट गर्न मिल्ने

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १५:२८

अब फेसबुक ग्रुपमा देखिने कमेन्ट सान्दर्भिक छ वा छैन भनेर भोट गर्न मिल्ने

काठमाडौं । कतिपय फेसबुक ग्रुपमा यति धेरै कमेन्ट आएका हुन्छन् कि ती सबै पढ्ने फुर्सद हुँदैन । त्यस्तोमा भोट गरेर राम्रो कमेन्ट भनी छुट्टिएका कमेन्टमात्रै पढ्न पाइयो भने कति सहज होला ?

त्यसैलाई मध्यनजर गर्दै अब फेसबुकले ग्रुपमा आएका कमेन्ट सान्दर्भिक छ वा छैन भनेर भोट गर्न सकिने फिचर सार्वजनिक छ । यो फिचर केही ग्रुपमा उपलब्ध भइसकेको छ भने, विस्तारै सबैतिर कार्यान्वयनमा ल्याइने बताइएको छ ।

Facebook upvotes test

यदि यो फिचर कुनै ग्रुपमा उपलब्ध छ भने तपाईंलाई यसबारे फेसबुकले नोटिफिकेसन पनि दिनेछ । अथवा तपाईंले नोटिफिकेशन मिस गर्नुभएको छ भने पनि यदि ग्रुपमा उक्त फिचर उपलब्ध छ भने तल दिएको स्क्रिनसटमा जस्तै कमेन्टको मुनी, माथि र तल फर्किएको ‘एरो’ देख्नुहुनेछ ।

Facebook upvotes in groups

उक्त एरोमा क्लिक गरी तपाईं यदि कमेन्ट सन्दर्भिक छ भने माथितिर फर्किएको एरो (एस) र छैन भने तलतिर फर्किएको एरो (नो) मा क्लिक गरी भोट गर्न सकिनेछ । त्यसरी गरिएको भोट ग्रुपको कुन मेम्बरले भोट गरेको हो भनेर हेर्न नमिल्ने बताइएकाे छ ।

त्यसो भएको खण्डमा प्रयोगतर्काको गोपनीयतामा कुनै असर पर्ने छैन । यसरी ग्रुपमा आउने कमेन्टमा भोटिङ सिस्टमको सुरुवात गर्नुको उद्देश्य ग्रुपलाई अझ बढी इङ्गेज गराउनु रहेको फेसबुकले जनाएको छ ।

– एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०