close

सात दिनपछि म्यासेज स्वतः डिलिट हुने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १६:२८

सात दिनपछि म्यासेज स्वतः डिलिट हुने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । ह्वाट्सएप पछिल्लाे सभय बढी प्रयोग हुने म्यासेजिङ एपमध्ये एक हाे । पछिल्लो तथ्याङ्क अनुसार हाल ह्वाट्सएपको प्रयोगकर्ता दुई अर्बभन्दा बढी छन् ।

ठूलो संख्यामा प्रयोगकर्ता भएकै कारण पनि ह्वाट्सएपले समय समयमा नयाँ नयाँ फिचर ल्याइरहेको हुन्छ । केही समयअघि ह्वाट्सएपले कुनै व्यक्तिलाई सधैंको लागि ब्लक गर्न सकिने फिचर ल्यायाे ।

अहिले फेरी कम्पनीले नयाँ फिचर सार्वजनिक गरेको छ । नयाँ फिचर अनुसार अब प्रयोगकर्ताले कुनै व्यक्तिसँग गरिएको कुराकानी सात दिनपछि स्वतः हराउने छ ।

यो फिचर व्यक्ति अनुसार प्रयाेग गर्न सकिनेछ । यसका अर्थ तपाईंले चाहेको व्यक्तिसँगको कुराकानी एक हप्तापछि स्वतः हट्ने बनाउन सकिनेछ ।

यो फिचर ह्वाट्सएप ग्रुपमा पनि लागू हुनेछ । ग्रुप च्याटको हकमा ग्रुप एडमिनले यो फिचर इनेबल गर्नुपर्ने हुन्छ । यो फिचर हाल केही प्रयोगकर्तालाई उपलब्ध गराइसकिएकाे छ भने चाँडै सबै प्रयोगकर्तालाई उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०