close

गुगल ड्राइभको दुरुपयोग गर्दै व्यापक फिशिङ हमला

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ ९:२२

गुगल ड्राइभको दुरुपयोग गर्दै व्यापक फिशिङ हमला

काठमाडौं । यदि तपाईंको मोबाइलमा कुनै लिंक वा नोटिफिकेशन आएको छ भने हत्तपत्त क्लिक नगर्नुहोस् । यो स्क्याम पनि हुन सक्छ । हालै एउटा नयाँ फिशिङ क्याम्पियनले गुगल ड्राइभको लिंकका साथ तीव्र रुपमा प्रयोगकर्ताहरूलाई निशाना बनाइरहेकाे गरिरहेको खबर बाहिरिएको छ ।

वायर्डका अनुसार गुगल ड्राइभलाई लक्षित गर्दै हमालाकारीहरुले हानिकारक फिशिङ गरिरहेका छन् । यो स्क्याम मार्फत मोबाइल फोनमा गुगल ड्राइभकाे शेयर्ड डकुमेन्टमा सहकार्य गर्न नोटिफिकेशन देखापर्छ ।

स्क्यामरहरूले यो फिसिङ क्याम्पियनमा गुगल ड्राइभ दुरुपयोग गर्न सफल भएका कारण जीमेलको इनबक्समा समेत स्क्याम पुर्‍याउन सकेकाे वायर्डले उल्लेख गरेको छ ।

प्रयोगकर्तालले मोबाइलमा गुगलबाट नोटिफकेशन आएकाले सजिलै क्लिक गर्न सक्दछन् । जबकि आधिकारिक रुपमा ईमेल पठाएको देखाउन स्क्यामरहरुले गुगल ड्राइभबाट नो रिप्लाई एडरेसबबाट म्यासेस पठाउँछन् ।

हमालाकारीहरुले प्रयोगकर्तालाई मेलिसियस लिंकहरु क्लिक गर्नका लागि नै यो हमला गरिरहेका छन् । रिपाेर्ट अनुसार याे क्याम्पियनमा गुगल ड्राइभलाई दुरुपयोग गरेर ठूलो स्केलको फिसिङ हमाला भइरहेको छ ।

वायर्डका अनुसार मानिसहरूले रसियन वा अंग्रेजी भाषामा गुगल ड्राइभ नाेटेफिकेशन वा इमेल प्राप्त गर्दछन्, जहाँ शेयर्ड डकुमेन्टकाे काेल्याबाेरेट गर्न अनुराेधसहितकाे लिंक हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०