close

अनलाइनमै ‘सम्पूर्ण सेवा’, कमिसन नलाग्ने

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ १५:३८

अनलाइनमै ‘सम्पूर्ण सेवा’, कमिसन नलाग्ने

काठमाडौं । सम्पूर्ण सेवाले सबै प्रकारका सेवालाई एकै ठाउँमा ल्याउने काम सुरु गरेको छ । सेवाप्रदायक कम्पनी र उपभोक्तालाई सोझै जोड्ने उद्देश्यका साथ कम्पनीले अनलाइन प्लेटफर्म तयार पारेको हो ।

हाल वेबसाइटमा उपलब्ध रहेको सम्पूर्ण सेवा अब छिट्टै एन्ड्रोइड र आईओएस एपमा समेत प्रयोग गर्न सकिने कम्पनीका संस्थापक शंकर काप्रीले बताए ।

‘हामीले कम्पनी सुरु गरेको केही दिनमै कोरोना महामारी सुरु भयो,’ उनले भने, ‘महामारीका कारण हामीले उद्देश्य अनुरुप काम गर्न नपाए पनि अहिले भने सबै सेवाप्रदायकलाई जोड्ने प्रयासलाई तीव्र बनाइरहेका छौं ।’

जेठदेखि सम्पूर्ण सेवाको साइटमा सेवाप्रदायकलाई लिस्टिङ गर्न थालिएकोमा हाल ४१ वटा कम्पनी आवद्ध भइसकेको काप्रीले बताए । अहिले कम्पनीको प्लेटफर्ममा एप डेभलपर, प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर, पेस्ट कन्ट्रोलर, चिम्नी रिपेयर, प्रिन्टर तथा कम्प्युटर रिपेयर लगायतका सेवाहरु उपलब्ध छन् ।

उपलब्ध सेवाहरु सम्पूर्ण सेवाको वेबसाइटबाटै बुकिङ गर्न मिल्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सेवाप्रदायकहरुलाई निःशुल्क रुपमा प्रवर्द्धन गर्ने र लिस्टिङ गर्ने काम गरिरहेको छ । सुरुको एक दुई वर्षसम्म कम्पनीहरुबाट कुनै पनि शुल्क नलिइने संस्थापक काप्रीले बताए । 

‘हामीले सेवामा कुनै पनि प्रकारको कमिसन लिँदैनौं,’ उनले भने, ‘एक दुई वर्षपछि हाम्रो साइटमा लिस्टिङ भए वापत एकदमै सामान्य किसिमको शूल्क लिने योजना छ ।’ सुरुवाती चरणमा रहेको कम्पनीले साइटमा दुई तीन हजार कम्पनी लिस्टिङ भएपछि निश्चित शुल्क उठाउनेछ ।

यसै नोभेम्बर महिनाभित्रसम्म एक हजार कम्पनीलाई सम्पूर्ण सेवामा सूचीकृत गराउने लक्ष्य रहेको काप्रीको भनाई छ । सम्पूर्ण सेवामा आफ्नो व्यवसायलाई सूचीकृत गर्न समेत निकै सहज छ । कम्पनीको वेबसाइटमा गएर आफैं खाता खोलेर लिस्टिङ हुन सकिन्छ । त्यसपश्चात कम्पनीले एप्रुभ गरेपछि सम्पूर्ण सेवाको वेबसाइटमा 

लिस्टिङ हुन चाहनेहरुले वेबसाइटमा गएर खाता खोलेर आफैं लिस्टिङ हुन सकिने । कम्पनी भेरिफाई गरिसकेपछि सम्पूर्ण सेवाको साइटमा सम्बन्धित सेवा प्रदायकको नाम, सम्पर्क तथा वेबसाइट समेत देखिनेछ ।

सेवाका लागि ग्राहक तथा उपभोक्ताले कुनै एजेन्सीलाई कमिसन बुझाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यका साथ सम्पूर्ण सेवा सुरु गरिएको हो । उपभोक्ताले सेवा लिइसकेपछि सेवाप्रदायक कम्पनीलाई रेटिङ दिनसक्ने व्यवस्था मिलाइएको छ ।

त्यही रेटिङकै आधारमा अन्य उपभोक्ताले आफ्ना लागि उपयुक्त सेवा प्रदायक छान्न सक्नेछन् । कम्पनीको वेबसाइटमा सेवा र स्थान राखेर सहजै सुविधा लिन सकिने व्यवस्था मिलाइएको छ ।

सम्पूर्ण सेवा हाललाई काठमाडौं उपत्यका केन्द्रीत रुपमा सञ्चालन भइरहेको छ । क्रमशः उपत्यका बाहिर समेत सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०