close

चुनाव हारेका ट्रम्पलाई ट्वीटर प्रयोगमा के साँच्चिकै प्रतिबन्ध लाग्ला ?

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १६:४०

चुनाव हारेका ट्रम्पलाई ट्वीटर प्रयोगमा के साँच्चिकै प्रतिबन्ध लाग्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल प्रयोगलाई लिएर अहिले धेरैले टिकाटिप्पणी गरिरहेका छन् । हालै राष्ट्रपतिका लागि भएकाे चुनावमा हार भोगेका ट्रम्पले सामाजिक सञ्जालकाे प्रयाेगमा ‘गैरजिम्मेवारीपन’ देखाए ।

यही कारण ट्रम्प र ट्वीटरबीच गहिरो रस्साकस्सी नै चलिरहेको छ । प्रतिपक्षी डेमोक्रेट्सले चुनाव भाँड्न खोजेको निराधार आरोप लगाउँदै लगातार ट्वीट गरेपछि ट्वीटरले भ्रामक जानकारी प्रसार गरेकाे भन्दै लेवल लगाइदिएकाे थियाे । 

चुनावको दिनदेखि नोभेम्बर ३ सम्म ट्वीटरले ट्रम्पको १२ वटा ट्वीटहरु हाइड गरिदियाे । जसमा लेखिएकाे छ, ‘यो ट्वीटमा शेयर भएका केही वा सबैजसो कुराहरु विवादित छन् र चुनाव वा नागरिक अधिकारको प्रक्रियालाई भाँड्ने किसिमका छन् ।’

यद्यपि ट्रम्पले ट्वीट गर्न छाडेका छैनन् । पछिल्लाे ट्वीटमा उनले ७ कराेड १० ला कानूनी मत ल्याएर चुनाव जितेकाे भन्दै ट्वीट गरे ।

यसैबीच अब ट्वीटरले ट्रम्पको कुनै पनि किसिमको भ्रामक वा निराधार ट्वीटलाई आफ्नो प्लेटफर्ममा राख्न अनुमति नदिने भएको छ । ट्वीटरले २०२० को राष्ट्रपतिय चुनावमा ट्रम्पले पराजय बेहोरे र दोस्रो कार्यकालबाट बाहिरिए भने उनको ट्वीटलाई आगामी जनवरीदेखि प्रतिबन्ध गरिदिने चेतावनी दिएको थियो ।

ब्लुमबर्गका अनुसार ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘हाम्रो सेवाको एउटा संवेदनशील फङ्सनले यस्तो ठाउँ दिएको छ, जहाँ मानिसहरुले आफ्नो नेतृत्वलाई खुल्ला र सार्वजनिक रुपमा प्रतिक्रिया दिएर जवाफदेही बनाउन सक्छन् ।

ट्रम्प राष्ट्रपति भएका कारण उनको ट्वीट सार्वजनिक महत्व अन्तर्गत पर्दछ । तर यदि उनले यो चुनावमा पराजय भोगेको खण्डमा उनी सामान्य व्यक्तिकै दर्जामा आउने छन् र उनको ट्वीटले कुनै पनि किसिमको प्राथमिकता नपाउने उनले बताए ।

ट्वीटरले लामो समयदेखि ट्वीटमा वार्निङ वा सेन्सरको ट्याग दिँदै आइरहेको छ । गत मे महिनामा  ट्रम्पले ‘लुटिङ सुरु भएपछि शुटिङ सुरु हुन्छ’ भनेर ट्वीट गरेपछी त्यसले ट्वीटरको नीति उल्लंघन गरी हिंसालाई प्रश्रय दिएको भन्दै लेबल लगाइएको थियो । 

तर अब भने ट्रम्पले त्यस किसिमको ट्वीट गर्न पाउने छैनन् । ट्रम्पको उनको पुरै ट्वीटलाई बिना चेतावनी हटाइदिने बताएको छ । यति मात्र होइन सोही किसिमको गतिविधि दोहोर्‍याए सजाय स्वरुप उनको पुरै अकाउन्ट नै फ्रिज गरेर उनलाई स्थायी रुपमा नै प्रतिबन्ध लगाइदिने ट्वीटरको चेतावनी छ । 

यसअघि ट्वीटरले ट्रम्पको कुनै पनि ट्वीटरमा वार्निङ लेबल लगाइदिँदा त्यो पुरै पेजलाई प्रयोगकर्ताहरुले पढ्न त पाउँथे, तर त्यसमा कोड थप नगरी रिट्वीट गर्न वा रिप्लाई, रियाक्ट गर्न पाउँदैँन थिए । ट्वीटरले कम्युनिकेसन डिसेन्सी ऐनको सेक्सन २३० अन्तर्गत त्यस्तो गर्ने बताएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०