close

केयूमा अनलाइन कक्षा शुल्कबारे विवाद, विद्यार्थी रिले अनशनमा

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ ७:५६

केयूमा अनलाइन कक्षा शुल्कबारे विवाद, विद्यार्थी रिले अनशनमा

काठमाडौं । कोभिड १९ को महामारीका कारण भर्चअल शिक्षा सञ्चालन गरेको काठमाडौं विश्वविद्यालयलये साबिककै दरमा शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

कक्षाकोठामै पठनपाठन सञ्चालन गरेसरह विश्वविद्यालयले अनलाइन कक्षाको शुल्क बुझाउन ताकेता गरेपछि विद्यार्थीले विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् ।

अनशनमा विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थी छन् ।

असोज २२ मा जारी सूचनामा कात्तिक ३० सम्म शुल्क बुझाए १० प्रतिशत र मंसिर १५ सम्म बुझाए ७ प्रतिशत छुट दिने उल्लेख छ ।

विद्यार्थीले भने ट्युसन फीबाहेक अन्य शुल्क नतिर्ने बताएका छन् । ‘हामीले अनलाइनबाट कक्षा लिएका छौं, त्यो बापत तोकिएको ट्युसन फी तिर्छौं,’ स्कुल अफ इन्जिनियरिङका विद्यार्थी शैलेश मिश्रले भने, ‘सुविधा नै नलिएको शीर्षकमा शुल्क तिर्दैनौं ।

विश्वविद्यालयका स्कल अफ इञ्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपालीले विद्यार्थीले उठाएका माग विश्वविद्यलाय प्रशासन बोर्डमा पुर्‍याइसकिएकाले चाँडै निर्णय हुने जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०