close

आजदेखि अनलाइनमै ५ दिनसम्म निःशुल्क फोटोशप तालिम, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ १२:२०

आजदेखि अनलाइनमै ५ दिनसम्म निःशुल्क फोटोशप तालिम, यसरी हुनुहोस् सहभागी

काठमाडौं । आजदेखि एडोबको मुख्य प्रायोजनमा निःशुल्क फोटोशप तालिम सुरु हुँदै छ । फोटोशप भर्चुअल समिट २ नाम दिइएकाे याे तालिममा दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक तथा समिटका संस्थापक डेभ क्रसकाे मुख्य प्रस्तुति रहनेछ ।

नेपाली समयअनुसार साँझ ५:४५ तिर अनलाइन रजिष्ट्रेसन गरेका व्यक्तिले आफ्नो इमेल एड्रेसमा प्रशिक्षण कक्षाकाे भिडियाेकाे लिंक प्राप्त गर्ने छन् भने ६:४५ देखि समिट सुरू हुनेछ ।

प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । नयाँ क्लासका लागि पेज रिफ्रेस गर्नुपर्ने बताइएकाे छ ।

त्यस्तै भिआईपी पास लिएका सदस्यहरुले यो लिंकमा गएर कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् । पाँच दिने तालिममा ४० वटा सेसन हुनेछ भने कुल ४८ घण्टाकाे प्रशिक्षण कक्षा हुनेछ ।

यसअन्तर्गत बेन विलमोर, कोलिन स्मिथ, डेभ क्रस, म्याट क्लोसकोस्की, लिसा क्यार्नी, ग्लिन डिविस, एन्या एन्टी, कोरे बारकर, ब्ल्याक रुडिज, क्रिस्टिना सेर्क, मार्क हिप्स र सिबास्चियन माइकल्सले फाेटाेशपका विभिन्न विषयमा प्रशिक्षण दिनेछन् । 

उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोसप प्रयोगकर्ता सहभागी हुन मिल्ने एडोबले उल्लेख गरेकाे छ । 

कार्यक्रममा लजिक अफ एडजस्टमेन्ट, फोटोसप लाइटिङ टेक्निक, क्रिएटिभ टेक्स्चर ब्लेन्डिङ, वर्कफ्लो इफिसियन्सी, इन्ट्रो टु कलर म्यानेजमेन्ट, एड्भान्स सेलेक्सन एण्ड मास्किङ र प्राक्टिकल एक्सन एण्ड अटोमेसनका विषयमा विज्ञले प्रशिक्षण दिनेछन् ।

त्यस्तै लेयर बियोन्ड द बेसिक, फ्रिक्वेन्सी सेप्रेसन फर बिगिनर्स, फोटोसप पावर सेसन, इन्ट्रोडक्सन टु ल्याब कलर र अन्य धेरै विषयमा पनि प्रशिक्षण हुने कम्पनीले जनाएको छ । 

तपाईं पनि फोटोशप तालिममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिस्टर गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०