close

युट्युबले यसरी ‘पर्फेक्ट’ बनायो आफ्नो फिड

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ २०:२७

युट्युबले यसरी ‘पर्फेक्ट’ बनायो आफ्नो फिड

केही वर्षअघि म डिसअनर गेम टु खेल्ने गर्थे । तब गेमको ट्रिकी सेक्सनमा कसरी गेम कटाउने भनेर म युट्युबमा सर्च गर्थें र मेरो उत्तर पनि पाउँथेँ । अर्कोपटक युट्युब भिजिट गर्दा त्यो बेला डिसअनर गेम सम्बन्धी साइटले मलाई भिडियोको कम्पाइल नै देखायो ।

ती भिडियोहरुमा अझै धेरै तिकडमहरु थिए । जसबारे मलाई थाहा थिएन । गेम डेभलपर्सहरुको अन्तरवार्ता र व्यङ्ग्यात्मक रिभ्यूहरु पनि थिए । मैले युट्युबभित्र आफूले चाहेको हरेक उत्तर पाएर त्यसभित्र विश्व रहेछ भन्ने थाहा पाएँ । 

त्यसपछि म त दिनमा धेरैपटक युट्युब भिजिट गर्न थालेँ । म बिना कुनै प्रयोजन पनि यत्तिकै युट्युब हेर्थेँ । मैले मन पर्ने हरेक कुरा साइटले दिन थालेपछि योसँग म अभ्यस्त नै भएँ । केही वर्षअघि जनवरीको महिनामा लोक रक म्युजिक ब्याण्ड पाइनग्रोभका गीतप्रति मलाई लगाव बढ्यो ।

मैले युट्युबमा उसका भिडियोहरु खोजी खोजी हेर्न थालेँ । हप्तादिन भित्रै युट्युबले आफ्नो सर्भरमा अपलोड भएका ब्याण्डको हरेक पर्फमेन्स र कन्सर्टको लाइभ सो पनि देखाउन थाल्यो ।

जब म नयाँ अपार्टमेन्टमा सरेँ, तब मैले पान्जानेला सलाद बनाउने भिडियो हेरेको थिएँ । त्यसयता उसले मलाई लगातार विभिन्न किसिमका इन हाउस सेफका भिडियोहरु पठाउँदै आइरहेको छ । 

सन् २००५ मा डेभलप भएको युट्युब सधै नै उपयोगी छ । यो वास्तवमा इन्टरनेटको एउटा बलियो आधारस्तम्भ पनि हो । विगत केही वर्षयता युट्युब मेरो लागि अभूतपूर्ण तरिकाले उपयोगी बनिरहेको छ ।

रोचक कुरा त के छ भने मैले केही कुरा सर्च नै नगरी यो साइटले मलाई रुचि भएका भिडियोहरुको एकदमै सही प्रक्षेपण गर्न थालेको छ । जुन पहिलेभन्दा धेरै सही छ । आखिर के परिवर्तन भयो त युट्युबमा ?

१२ वर्षको अन्तरालमा युट्युबले आफूलाई सर्च साइटबाट डेस्टिनेसन साइटको रुपमा विकास गरेको छ । युट्युब यहाँसम्म आइपुग्न धेरै प्रयोग, रिडिजाइन र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा निकै ठूलो छलाङ मार्नु परेको छ । तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको युट्युबको फिडमा भएको विकास हो । 

अहिले स्मरण गर्न अप्ठ्यारो छ । तर सुरुवातमा युट्युब एउटा पूर्वाधार भन्दा धेरै केही थिएन । सुरुवातमा धेरैले रुचाउने अन्य वेबसाइटमा भिडियो राख्न यसले सजिलो माध्यम उपलब्ध गराएको थियो ।  जब यो साइट बढ्दै गयो तब टिभी क्लिप, लेटनाइट कमेडी र लेटेस्ट भाइरल भिडियोहरुको आर्काइभ खोज्ने ठाउँ बन्यो यो ।

विकिपेडियासँगै यो पनि एउटा वेबको लोकप्रिय साइट बन्यो । कसैले कुनै नयाँ कुराको बारेमा कथन गर्‍यो भने जो पनि युट्युबमै हेर्न थाल्यो । 

त्यसैबेला फेसबुकले हाम्रो समयको परिभाषित फर्म्याट ‘न्युज फिड’ बनायो । इन्टरनेट उपभोक्तामा टम्ब्लरदेखि ट्वीटर र इन्स्टाग्रामदेखि लिङ्कडइनसम्म सबैतिर फेसबुक फिडले नै वर्चस्व कायम गर्‍यो । पर्सनलाइजेसनमा युट्युबको सुरुवाती अप्रोच एकदमै सीमित थियो ।

प्रयोगकर्ताहरुलाई युट्युब च्यानल सब्सक्राइब गर्न लगाइन्थ्यो । टेलिभिजनकै सिको युट्युबमा पनि गर्ने प्रयास गरिएको थियो, जसको मिश्रित परिणाम आयो । २०११ मा युट्युबले ठूलो सब्सक्रिप्सन संख्या बटुल्यो तर एउटा व्यक्तिले युट्युबमा बिताउने औषत समय कम नै रहेको कमस्कोरको तथ्याङ्कले देखाउँछ ।

अब कुनै बेला जस्तो युट्युबमाथि च्यानलको वर्चस्व छैन । फोनमा युट्युब खोल्नुभयो भने ती सबै भिन्दै ट्याबामा लुकेर बसेको तपाईंले देख्नुहुनेछ । युट्युबको फिडमा तपाईंको रुचि अनुसारका भिडियोहरुको कम्पाइल एक एक ठाउँमा बसेका हुन्छन् ।

ती भिडियोहरु सबै तपाईंले सब्सक्राइब गरेका च्यानलहरुबाट आएका हुन् । त्यहाँ तपाईंले पहिले हेरेका तर सब्सक्राइब नगरेका च्यानलका भिडियोहरु पनि हुन्छन् । 

यसैकारणले मैले पनि डिसअनर गेम र त्यसका भिडियोहरु हेर्दा अन्य रेकमेन्डेड भिडियोहरु सँगै आएका थिए । युट्युबले रेकमेन्डेसनलाई पर्सनलाइज्ड मात्र होइन, एकदमै सही बनाउने टुल विकास गरेको छ । परिणामस्वरुप युट्युवमा प्रयोगकर्ताहरुको इंगेजमेन्ट टाइम पनि ह्वात्तै बढेको हो ।   

२०११ मा युट्युवमा आबद्ध भएका युट्युव रेकमेन्डेसनका प्रमुख प्राविधिज्ञ जिम म्याक फ्याडेन भन्छन्, ‘जब मानिसहरु केही कुरा हेर्न आउँछन्, तब मानिसहरु युट्युबमा आउँदैछन् भन्ने कुरा हामीलाई थाहा हुन्छ । आफू के हेर्न चाहान्छु भन्ने कुरा पनि थाहा नहुने प्रयोगकर्ताहरुलाई पनि हामी सेवा दिन चाहन्छौं ।’

म्याकफेडन युट्युब आबद्ध भएको केही महिनापछि म २०११ मा कम्पनी हेर्न गएको थिएँ । त्यसबेला पनि अहिले जस्तै युट्युबमा मानिसहरुको संलग्नताको समयलाई बढाउने मुख्य लक्ष्य थियो । तर त्यो समय उसको यो योजना राम्रोसँग अगाडि बढ्न सकिरहेको थिएन । 

त्यसपछि कम्पनी सबैतिर थोरै थोरै लगानी गर्न थाल्यो । उसले आफ्नो साइटका शीर्ष भिडियो क्रिएटर्सहरुका लागि प्रोफेसनल क्यामेरा उपलब्ध गरायो । उसले लिन ब्याक फिचर ल्यायो जसअन्तर्गत कुनै भिडियो हेरिरहँदा नयाँ भिडियो लाइनमा आएर बस्थ्यो ।

उसले आफ्नो होम पेजलाई रिडिजाइन गर्‍यो ताकि प्रयोगकर्ता र्‍यान्डम भिडियोको सट्टा सब्सक्राइब भएका च्यानलमा केन्द्रित रहन सकोस् । 

प्रति प्रयोगकर्ताको भिडियो हेर्ने समय अझै सुध्रिन सकेन । तर केही परिवर्तनले युट्युबमा निकै ठूलो सुधार ल्यायो । कम्पनीले एउटा भिडियोलाई कतिजनाले क्लिक गर्‍यो भन्ने एल्गोरिदममा आधारित रहनुको सट्टा मानिसहरुले भिडियोमा कति समय व्यतित गर्छन् भन्ने कुरामा आधारित रहन थाल्यो । 

त्यसपछि त छोटो समयमै भ्रामक हेडलाइन र थम्बनेल राख्ने क्रिएटरहरुको भ्यू संख्यामा व्यापक गिरावट आयो । लामो समय अवधिको उच्च गुणस्तरको भिडियोको भ्यू व्यापक रुपमा बढ्न थाल्यो । तीन वर्षसम्म युट्युबको वाच टाइम ५० प्रतिशतले बढ्यो । 

मैले पनि केही च्यानलहरु सब्सक्राइब गरेँ र आफूलाई युट्युबको नियमित भिजिटरको रुपमा गन्न थाले । तर युट्युबमा एकै व्यक्तिलाई दिनमा धेरैपटक इंगेज गराउन केही नयाँ टुल सेटको आवश्यकता थियो । ती टुल १८ महिनामा मात्र उपलब्ध भयो । 

जब मैले २०१७ मा कम्पनीको कार्यलय भ्रमण गरेँ । तब म्याकफेडनले मलाई युट्युबको अचानकको रेकमेन्डेसन पछाडि गुगल ब्रेनको हात रहेको खुलासा गरेका थिए । गुगल ब्रेन अभिभावक कम्पनी अल्फाबेटकै आर्टिफिसियल इन्टेलिजेन्स डिभिजन थियो, जसलाई युट्युबले २०१५ देखि प्रयोग गर्न सुरु गरेको थियो ।

तर युट्युबको एआई प्रयोगको पहिलो प्रयास गुगल ब्रेन थिएन । त्यस अघि युट्युबले रेकोमेन्डेसनमा मसिन लर्निङ टेक्निक सिबल प्रयोग गरेको थियो ।

तर गुगल ब्रेनमा अनसुपरभाइज्ड लर्निङ नामको टेक्निक थियो, जसको एल्गोरिदमले सफ्टोेयर इन्जिनियरहरुले गेस गर्न नसक्ने विभिन्न इनपुटहरुको सम्बन्ध पत्ता लगाउन सक्छ । 

म्याकफेडनको अनुसार यसले सामान्यीकरण गर्न सक्छ । उनी भन्छन्, ‘पहिलेको टुलले मैले कुनै कमेडी भिडियो हेरेँ भने अर्को त्यस्तै भिडियो यहाँ पनि छ है भनेर रेकमेन्ड आउँथ्यो । तर पछिल्लो टूल गुगल ब्रेनले ठ्याक्कै त्यस्तै हैन तर, त्यस्तै किसिमका अन्य कमेडियनका भिडियो पनि रेकमेन्ड गर्दछ । यसले अस्पष्ट प्याटर्नहरु पनि देख्न सक्छ ।’

यसको उदाहरण दिँदा ब्रेन एल्गोरिदमले मोबाइल एप प्रयोगकर्ताका लागि छोटा भिडियो रेकमेन्ड गर्दछ भने युट्युबको टिभी एप प्रयोग गर्नेलाई लामो भिडियो रेकमेन्ड गर्दछ । यसले गर्दा भिडियो हेर्ने समयमा पनि बढोत्तरी भएको म्याकफेडनले बताएका थिए ।

युट्युबले २०१६ मा पनि त्यस्तै १९० वटा परिवर्तनहरु ल्यायो । २०१७ मा उसले त्यस्तै अन्य ३०० परिवर्तन ल्याउने तयारी गरेको थियो ।

युट्युबको डिस्कभरी टिमका ग्रुप प्रडक्ट म्यानेजर टोड बियप्रेका अनुसार ती सबै समय अनुसार थप हुँदै गएका ससाना परिवर्तनहरु हुन् । प्रत्येक नयाँ फिचरका लागि युट्युबले दशवटा प्रयास गरेर एउटा फिचर ल्याएको थियो । 

ब्रेन एल्गोरिदमकै कारण युट्युबले पहिलेभन्दा छिटो काम गर्न थाल्यो । विगतका वर्षहरुमा भावी रेकोमेन्डेसनसँग प्रयोगकर्ताको स्वभावलाई मिसाउन लामो समय लाग्थ्यो । यसले गर्दा ट्रेण्डमा रहेका विषयहरु पत्ता लगाउन पनि अप्ठ्यारो हुन्थ्यो । 

ब्रेन टुललाई समावेश गरेपछि निकै ठूलो प्रभाव पर्‍यो । अब युट्युबमा व्यतित हुने ७० प्रतिशत समय त उसको एल्गोरिदम रेकोमेन्डेसनकै कारण आउन थाल्यो । प्रत्येक दिन युट्युबले विभिन्न ७६ भाषामा २० करोडभन्दा धेरै भिडियो रेकमेन्ड गर्दथ्यो ।

युट्युबको होम पेजमा भिडियो हेर्नेको समय पनि बितेका तीन वर्षको तुलनामा २०१७ मा २० गुणाले बढेको थियो । यो वास्तवमा एउटा पर्सनलाइज्ड फिडको शक्ति थियो । 

फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता फिडले आफ्ना प्रयोगकर्ताहरुलाई सामग्रीहरु अपलोड गरिरहन भन्छ । तर युट्युब ती फिडहरुभन्दा फरक छ । जसमा एउटा सानो तप्काले भिडियो अपलोड गर्दछ र अन्यले बिना दबाब त्यसलाई निष्क्रिय रुपमा टेलिभिजनमा जस्तै हेरेर आनन्द उठाउँछन् । 

(यस लेखलाई क्यासी निउटनले द भर्जमा २‍‍०१७ मा लेखेकी हुन् । यसमा २०१७ पछिका युट्युबका कुनै पनि परिवर्तन र विकासलाई समावेश गरिएको छैन ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०