close

राउटिङ सुरक्षाको विश्वव्यापी मापदण्डमा सुबिसुले गर्‍यो हस्ताक्षर

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १८:५५

राउटिङ सुरक्षाको विश्वव्यापी मापदण्डमा सुबिसुले गर्‍यो हस्ताक्षर

कााठमाडौं । सुबिसु केबलनेट राउटिङ सेक्युरिटीका लागि पारस्परिक सहमत मापदण्ड (एमएएनआरएस) मा हस्ताक्षर गर्ने पहिलो नेपाली इन्टरनेट सेवा प्रदायक बनेको छ । याे मापदण्ड राउटिङ सेक्युरिटी सम्बन्धी परामर्श दिन इन्टरनेट सोसाइटी नामक संस्थाले सुरु गरेको विश्वव्यापी पहल हो ।

याे पहलले इन्टरनेट राउटिङमा हुने समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गरी राउटिङ सुरक्षा सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भुमिका खेल्दछ ।

नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सुरक्षा विनियमावलीमा यस प्रणालीलाई हरेक आईएसपीले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने प्रावधान राखेको छ, जसमा सुबिसु हस्ताक्षर गर्नेमा नेपालको पहिलो आईएसपी बनेकाे छ ।

इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटनाहरु भइरहेका हुन्छन्, जसले गर्दा ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आइपर्ने गर्दछ, जस्तै राउट हाइज्याकिङ, राउट लिक, आईपी एड्रेस, स्पूफिङ लगायतका नकारात्मक गतिविधिहरुले गर्दा डिडस अट्याक, ट्राफिक इन्स्पेक्सन, आम्दानी घाटा, प्रतिष्ठामा नोक्सानी जस्ता समस्याहरु निम्त्याउँछ ।

एउटा आईएसपीको राउटिङ समस्याले ग्लोबल इन्टरनेट जगतमै व्यापक समस्याहरु आइपर्ने हुँदा यस्ता समस्यालाई समाधान गर्नको लागि यस्ताे ग्लोबल इनिसिएटिभमा हस्ताक्षर गरिएको हो ।

राउटिङ समस्यालाई समाधान गर्नका लागि सेवा प्रदायकले साे मापदण्डले सुझाव गरेको फिल्टरिङ, एन्टी स्पूफिङ, कोओर्डिनेशन र ग्लोबल भ्यालिडेसन जस्ता विभिन्न विषयमा ध्यान दिँदा राउटिङ समस्याहरुको समाधानमा सहयोग पुग्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०