close

बैडुले ल्यायो सीप सिक्न सघाउने सोसल नेटवर्किङ एप

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ १०:४८

बैडुले ल्यायो सीप सिक्न सघाउने सोसल नेटवर्किङ एप

काठमाडौं । चिनियाँ प्राविधिक कम्पनी बैडुले नयाँ सोसल नेटवर्किङ एप युपु सुरु गरेको छ । यो एपले प्रयोगकर्तालाई नयाँ सीप सिक्न र सिकाउन मद्दत गर्ने बताइएको छ ।

एपमा प्रयोगकर्ताले व्यक्तिगत वा सामूहिक रूपमा आफ्नो लक्ष्य तय गरी टिममा काम गर्न सक्दछन् । प्रयोगकर्ताले जबसम्म उनीहरू आफ्नो लक्ष्यमा सफल हुँदैनन्, प्रत्येक दिन रिपोर्ट गर्न सक्दछन्

‘चीनमा युवा पुस्ताले नयाँ सीप सिक्न बढी चासो राख्दछन्, यस आवश्यकतालाई सम्बोधन गर्न कुनै समाधानहरू उपलब्ध छैनन्,’ कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेकाे छ, ‘यही कारण एप्लिकेशनले समान विचारधारा भएका व्यक्तिहरूबाट सिक्न र सिकाउने लक्ष्य राखेको छ।’

हाल याे एप आईओएस उपकरणहरूमा उपलब्ध छ। कम्पनीले अर्को वर्षमा एन्ड्रोइडका लागि पनि एप ल्याउने जनाएकाे छ । चीनकै अर्को एप ‘किप’ले समान धारणामा काम गरेपनि त्यो फिटनेस एप हो ।

युपुलाई टेन्सेन्ट, गोल्डम्यान साक्स र जीजीभी क्यापिटलद्वारा सहयोग गरेका छन् । बैडुकाे याे तेस्रो साेसल नेटवर्किङ एप हो । यसअघि कम्पनीले टिङटङ र यिन्बो साेसल ल्याइसकेको छ ।

२०१९ मा चीनमा ८८२ मिलियन सोशल मिडियाका प्रयोगकर्ताहरू थिए, र यो संख्या २०२५ सम्म बढेर १.१ बिलियन पुग्ने अनुमान गरिएको छ ।

हाल चीनमा टेन्सेन्टको विच्याट, सिना वेइबो र टिकटकको चीनियाँ संस्करण डुयू लगायतका साेसल नेटवर्किङ एप लाेकप्रिय छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०