close

सोसल मिडियाले यसरी बढाउँदै छ नयाँ ‘जेनेरेशन ग्याप’

टेकपाना टेकपाना

कात्तिक २७, २०७७ १०:५५

सोसल मिडियाले यसरी बढाउँदै छ नयाँ ‘जेनेरेशन ग्याप’

महिनौंसम्मको दैनिक भिडियो कलपछि मैले थाहा पाएँ कि हामीमध्ये धेरैजना आफ्नो क्यामेरामा एकदमै ‘अनफेसनेबल एङ्गल’ बाट हेर्दा रहेछौं । ल्यापटपलाई ‘प्रप अप’ गर्दा स्तरीय होला भन्ने मेरो सोचाइ थियो, तर यो त उमेरको एउटा छुट्टै मार्कर पो रहेछ । 

याे समरमा हामीले सामाजिक सञ्जालमा मिलेनियलजेनेरेशन वा जेन जेड (१९९० को उत्तरार्द्धदेखि २०१० सम्मका पुस्ता) बीच निकै फरक देख्यौं, जुन क्यामेरा एङ्गललाई लिएर मात्र भएको थिएन ।

यो पुस्तागत असमानता कृत्रिम हुनसक्छ । तर यस उमेर वर्गलाई छुट्याउने अरु धेरै कुराहरु समयसँगै थप हुँदै गइरहेका छन्, जसलाई उनीहरुले याद पनि गरेका छैनन् । 

मिलेनियलका लागि साइडमा कपाल फर्काउनु एउटा उमेरको मार्कर हो, यस्तै करियरमा आधारित जिम्मेवार तथा समझदारीपूर्ण काममा ध्यान, बलियो आस्था, रोएको तथा हाँसेको जस्तो देखिने फेस इमोजी आदि उनीहरुको उमेर समूहको मार्कर हो । जसलाई जेन जेडले निकै व्यङ्ग्यात्मक शैलीमा उडाएका छन् । 

पुरानाे पुस्ताका इच्छा चाहनाप्रति किशाेर किशाेरीहरू एकदमै धेरै आलोचनात्मक दृष्टिकोण राख्छन् । विशेषगरी मिलेनियलहरु जसरी लाइक पाउन सामाजिक सञ्जालमा फोटो, लोकेसन तथा व्यक्तिगत जानकारीहरु शेयर गर्छन्, टिनेजरहरु त्यसको कट्टर आलोचक हुन् । 

एक वर्षअघि मैले जेनेरेसन हिस्ट्रीमा विशेषज्ञ रहेकी परामर्शदाता एलिजा फिल्बीसँग अन्तरवार्ता लिएको थिएँ, जहाँ मैले जेन जेड र मिलेनियलहरुबीच रहेका फरकबारे सोधेको थिए । 

बेलायती बिजनेस लिडरहरुले भरिएको त्यस हलमा सबैजना एलिजाको कुरा ध्यानपूर्वक सुनिरहेका थिए, जहाँ उनले पछिल्ला पुस्ताहरु गोपनीयताप्रति भएको गहिरो लगावका कारण अन्यभन्दा फरक रहेको बताएकी थिइन् ।

तर हाम्रा कम्पनीहरुले यो कुरालाई बुझ्न नसकेर आफ्ना सम्भावना बोकेका उपभोक्ता वर्गलाई पर सारिरहेका छन् । 

२० वर्ष मुनिका युवाहरु ईमेल एकदमै धेरै औपचारिक भएको मान्छन् र ईमेल पनि संकटमा रहेको एलिजा तर्क गर्छिन् । आजभोलिका प्रोफेसनल अर्थात् श्रम शक्तिहरुसँग पहिले नै बनाइएको ईमेल एड्रेस हुँदैन । म्यासेजिङ एपका कारण उनीहरु त्यसलाई व्यर्थ ठान्छन् । डेटा सुरक्षा र अनलाइन इमान्दारिता उनीहरुका लागि अत्यावश्यक कुरा हो । 

यसै हप्ता मैले एलिजासँग कुरा गरेँ र पछिल्लो महामारीले यो ट्रेण्डमा के परिवर्तन ल्यायो भन्ने कुरा सोधेँ । सबैजना यो बेला घरभित्र थुनिएर पहिले भन्दा धेरै अनलाइन अन्तरक्रिया गर्न बाध्य भएका छन् ।

यो महामारीले हामीलाई अरुको डिजिटल जीवनको बारेमा थप राम्रो इन्साइट प्रदान गरेको एलिजा बताउँछिन् । परिणाम स्वरुप टिनेजरहरु हाँसोको पात्र भइरहेका छन् । 

कम्पनीहरु सधै पुस्ताहरुबीचको यो भिन्नतालाई पहिचान गर्न असफल भइरहेका छन् । वर्षको सुरुवातमा एमबीएलएम एजेन्सीले गरेको एउटा सर्वेक्षणमा अमेरिकीहरु कुन ब्राण्डमा भावनात्मक रुपमा गाँसिएका छन् भन्ने कुरामाथि शोध गरिएको थियो ।

५० तथा ६० वर्षका मानिसहरुले किलोग जस्ता ब्राण्ड रोजेका थिए भने १८ देखि ३४ वर्षबीचका मानिसहरु जसको स्वादमा भिन्नता थियो । र, उनीहरु सबैले एक ठाउँ मिलेर मनोरञ्जनका ब्राण्डहरु चयन गरेका थिए । 

फेसबुकले आफ्नो फेवर गुमाउँदै गइरहेको कुरा बुझिरहेको छ । अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटको एउटा अध्ययनमा आगामी ५० वर्षभित्रमा फेसबुक चलाउने जीवित मानिसहरुको तुलनामा मृतकहरुको संख्या धेरै हुने प्रक्षेपण गरिएको छ ।

यस्तै फोटो शेयर गर्ने इन्स्टाग्रामप्रति समेत युवाहरुको रुचि विस्तारै घट्दै गइरहेको छ । फेसट्युन जस्ता रिटच एप प्रयोग गरेर इन्स्टा पर्फेक्ट डिजिटल अर्काइभमा आफ्नो अल्टर फोटाे राख्ने बानी परेकाहरुका लागि केही समयपछि यो क्रियाकलाप खराब र लज्जास्पद लाग्ने बताइएको छ । 

अस्वभाविक रुपमा सामाजिक न्यायप्रति रुचि राख्ने जेन जेड पुस्ताहरुलाई थाहा छैन कि सबै पुस्ता सामाजिक न्यायमा उनीहरु जत्तिकै रुची राख्छन् । अनलाइन अभियानमा यो पुस्ता एकदमै सक्रिय छ । के पपको सफलता र उसका पछाडिका फ्यान फलोविङ हेर्नुहोस् । उनीहरुले डोनाल्ड ट्रम्पको चुनाव र्‍यालीलाई नै प्रयाङ्क गरेको दाबी गर्छन् । 

उनीहरु आफ्नो अनलाइन गोपनीयता आफ्ना अभिभावकहरुबाट कम्प्रोमाइज्ड भइरहेको कुरामा सचेत छन् । बाल्यकालका फोटोहरु अनलाइनमा शेयर हुँदा आफ्नो डिजिटल फूटप्रिन्ट बन्ने डरले आफ्नो तस्वीर बिना अनुमति शेयर गर्नबाट अभिभावकलाई रोक्छन् । 

गत वर्ष अभिनेत्री गेनिथ पाल्ट्रो र उनकी १४ वर्षीया छोरी एप्पलबीच इन्स्टाग्राममा फोटो पोस्ट गरेको निहुँमा निकै ठूलो विवाद भयो । जसले अन्तराष्ट्रिय मिडियामा पनि चर्चा बटुल्यो । एप्पलले लेखेकी थिइन्, ‘मम हामीले छलफल गरेका थियौं कि तपाईं मेरो सहमतिबिना केही कुरा पनि पोस्ट गर्नुहुने छैन ।’

यो पुस्तागत रेखा एकदमै अस्पष्ट छन् । परिभाषाहरु एकदमै तरल किसिमका छन् र चाँडै पुरानो देखिन्छन् । केही वर्षअघि मिलिनियलहरुलाई ‘आईपड जेनेरेसन’ भनेर बोलाउनुपर्छ भन्ने चर्चा चलेको थियो । तर यो यति छिट्टै असान्दर्भिक देखिन थालेको छ । 

एउटा कुरा के स्पष्ट छ भने मिलेनियल र जेन जेडलाई युवा भनेर एउटै भाँडोमा हाल्नु अब उचित छैन । मिलेनियल समूहका अघिल्ला पुस्ता चाँडै नै अधबैसतिर लाग्दैछन् । यस्तै अर्को पुस्ता आफूलाई जेन जेड पुस्ताको खेमा उभ्याउन प्रयास गरिरहेका छन् । 

(एलाइन माेले फाइनान्सियल टाइम्समा लेखेकाे ब्लग)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०