close

पोखरामा समेत सुरु भयो अनलाइन फुड डेलिभरी सेवा

टेकपाना टेकपाना

कात्तिक २८, २०७७ १२:४५

पोखरामा समेत सुरु भयो अनलाइन फुड डेलिभरी सेवा

काठमाडौं । कोभिड १९ सँगै नेपालमा अनलाइन डेलिभरीमा एउटा खालको रौनक्ता सिर्जना भइरहेको छ । जसका कारण बजारमा नयाँ नयाँ ईकमर्स तथा अनलाइन खाना डेलिभरी गर्ने कम्पनीहरु भित्रिएका छन् ।

पुराना सेवा प्रदायकले पनि आफ्नो सेवालाई निरन्तर परिमार्जन गर्दै लगेका छन् । बजारमा आएको यस्तो रौनकतासँगै सेवा विस्तारै विस्तार पनि भइरहेको छ ।

राजधानी केन्द्रीत यस्ता सेवा विस्तारै देशका विभिन्न भागमा सुरु भइरहेका छन् । यसै क्रममा पोखरामा पनि नयाँ अनलाई फुड डेलिभरी कम्पनी ‘पोखरा फुड डेलिभरी’ को सुरुवात भएको छ ।

विगत एक वर्षअघिबाटै अनलाइनमार्फत सीमितरुपमा खाना डेलिभरी गर्दै आएकोमा बिहीबारदेखि यसको व्यावसायिक सुरुवात गरिएको कम्पनीका सह–संस्थापक कृती क्षेष्ठले बताएकी छन् ।

श्रेष्ठका अनुसार सुरुमा यसलाई प्रोजेक्टको रुपमा मात्रै अगाडि बढाइएको थियो । तर, लकडाउनसँगै माग बढ्दै गएपछि यसलाई व्यवसायीक रुपमै अघि बढाउने योजनाका साथ अघि बढाइएको हो ।

हाल कम्पनीसँग एक सय भन्दा बढी रेष्टुरेन्ट जोडिएका छन् । पोखरामा रहेका ग्राहकले पोखरा फुड डेलिभरीमार्फत ती रेष्टुरेन्टबाट खाना तथा खाजा अर्डर गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०