close

अब टिकटक प्रोफाइलबाट पनि ‘फण्ड रेज’ गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २८, २०७७ २०:४३

अब टिकटक प्रोफाइलबाट पनि ‘फण्ड रेज’ गर्न सकिने

काठमाडौं । अब टिकटक प्रयोगकर्ताहरुले असल कार्य तथा च्यारिटीका लागि आफ्नै प्रोफाइलबाट फण्ड उठाउन सक्ने छन् । प्रयोगकर्ताहरुलाई सहयोग रकम संकलनको सुविधा दिने यस किसिमको फिचरमाथि हाल टिकटक परीक्षण गरिरहेको छ ।

बेटा टेस्टिङको चरणमा रहेको यो फिचर हालका लागि केही प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउनेछन् । जसले यो फिचर प्रयोग गर्ने सुविधा पाएका छन्, उनीहरुले इडिट प्रोफाइलमा गएर सो अप्सन पाउन सक्नेछन् ।

त्यहाँबाट उनीहरुले अमेरिकन क्यान्सर सोसाइटी, अमेरिकन हार्ट असोशिएसन, रेडक्रस, एएसपीसीए, ब्ल्याक गर्ल्स कोड, सीडीसी फाउण्डेसन तथा अन्य धेरै गैरनाफामुलक च्यारिटी संस्थाहरु चयन गर्न सक्छन् । 

यसरी कुनै एउटा संस्था चयन गरिसकेपछि प्रयोगकर्ताको प्रोफाइलमा बायोभन्दा तलतिर एउटा रातो अक्षरमा उक्त च्यारिटी फिचर हुन्छ । जब अन्य भिजिटरहरुले त्यस संस्थाको नाममा क्लिक गर्छन्, उनीहरु छुट्टै स्क्रिनमा पुग्छन् जहाँबाट डोनेसन गर्न सकिन्छ ।  

उक्त फिचरलाई नामको च्यारिटेबल फण्डराइजिङ प्लेटफर्म टिल्टीफाईले टिकटकमा सञ्चालन गरेको हो ।  डोनेसन कारोबारका लागि पनि टिल्टीफाईले नै पेमेन्ट प्रोसेसिङ गर्ने टिकटकले जानकारी दिएको छ । 

उक्त फिचरलाई टिकटकमा सबैभन्दा अगाडी सोसल मिडिया परामर्शदाता म्याट नाभार्राले पत्ता लगाएका थिए । उनले उक्त फिचरको स्क्रिनसट्स मंगलबार ट्वीटरमा शेयर गरेका थिए । उक्त ट्वीटरमा प्रयोगकर्ताहरुले कसरी च्यारिटी एड गर्ने र भिजिटरले कसरी डोनेसन गर्नेभनेर स्पष्ट उल्लेख गरिएको छ । 

यसअघि गत अप्रिलमा पनि कोरोना भाइरस उद्धार प्रयासस्वरुप टिकटक कम्पनीले आफ्नो प्लेटफर्ममा फण्डरेजिङ फिचर ल्याएको थियो । त्यस बेला फण्डरेजिङका लागि डोनेसन स्टिकर ट्याप गर्नुपर्दथ्यो । जसले दातालाई टिल्टीफाईले सञ्जालन गरेको डोनेसन प्लेटफर्ममा पुर्‍याउँथ्यो ।

तर कम्पनीले यो फिचरलाई सबैमाझ कहिले रोलआउट गर्ने भन्ने कुरा स्पष्ट पारेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०