close

एनसेल रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिँदै प्रभु पे

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ १३:५६

एनसेल रिचार्जमा ४ प्रतिशत क्यासब्याक दिँदै प्रभु पे

काठमाडौं । प्रभु पे मोबाइल वालेटले एनसेल रिचार्जमा चार प्रतिशत क्यासब्याक दिइरहेको छ । कम्पनीले आज आइतबारका लागि हरेक रिचार्जमा आकर्षक क्यासब्याक अफर ल्याएको हो ।

एनसेल प्रयोगकर्ताले प्रभु पेको मोबाइल वालेट डाउनलोड गरी क्यासब्याकको फाइदा उठाउन सक्नेछन् । कम्पनीले आफ्नो बजार प्रवर्द्धनको योजना अन्तर्गत हप्ताको सातै दिन सात फरक प्रकारका अफरहरु दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०