close

अब हङकङको रेमिट्यान्स ईसेवामा निःशुल्क पठाउन सकिने

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ १५:४६

अब हङकङको रेमिट्यान्स ईसेवामा निःशुल्क पठाउन सकिने

काठमाडौं । ईसेवा मनी ट्रान्सफर र हङकङको रेमिट्यान्स कम्पनी केएमई रेमिट्यान्सबीच सहकार्य सुरु भएको छ । यससँगै हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सबाट नगद तथा कुनै पनि बैंक खातामा र निःशुल्क रुपमा ईसेवा वालेटमा रकम पठाउन सक्ने भएका छन् ।

नगदमा पठाइएको रकम नेपालभर रहेका ८,००० भन्दा धेरै ईसेवा मनी ट्रान्सफरका एजेन्ट तथा ईसेवा वालेट एप मार्फत सहजै प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

केएमई रेमिट्यान्सले छिट्टै नै ईसेवा मनी ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमा समेत सुरु गर्ने बताइएको छ । रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला र केएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्टमा आधारित रेमिट्यान्स सेवामार्फत नेपालमा रकम भित्र्याउँदै आएको छ । ईसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०