close

सामसङ ग्यालेक्सी ए ट्वेल्भको स्पेसिफिकेसन लिक

टेकपाना टेकपाना

मंसिर १, २०७७ १८:५५

सामसङ ग्यालेक्सी ए ट्वेल्भको स्पेसिफिकेसन लिक

काठमाडौं । सामसङ ग्यालेक्सी ए ट्वेल्भको मोडल नम्बर SM-A125F गिगबेञ्चमा देखिएको छ । फोन सामसङ ग्यालेक्सी ए इलाभेनको अपग्रेडेड भर्सन हुनेछ । जुन गत मे महिनामा सार्वजनिक भएको थियो ।

सामसङ ग्यालेक्सी ए ट्वेल्भको गिकबेन्च लिस्टिङ फोनमा ३ जीबी र्‍याम हुनसक्ने अनुमान गरिएको छ । यस बाहेक फोनमा मिडियाटेक हेलियो पी ३५ (एमटी ६७६५) चिपसेट हुनेछ । यो फोन पहिलो पटक गत अगस्टमा सुन्नमा आएको थियो ।

त्यसताका यो दुई वटा स्टोरेज भेरियन्ट तथा तीन वटा क्यामेरा सेटअपका साथ आउन सक्ने बताइएको थियो । गिकबेन्च लिस्टिङमा सामसङ फोनको मोडल नम्बर SM-A125F का साथ देखिएको थियो ।

यो सामसङ ग्यालेक्सी ए ट्वेल्भ भएको मानिएको छ । यो फोन एन्ड्रोइड टेनमा चल्नेछ । यो फोनलाई अन्य र्‍याम भेरियन्टमा समेत कम्पनीले बजारमा उतार्न सक्ने संभावना समेत छ ।

कथित ग्यालेक्सी ए ट्वेल्भले सिंगल कोर टेस्टमा १६९ तथा मल्टी कोर टेस्टमा १००१ स्कोर प्राप्त गरेको छ । गिकबेन्च लिस्टिङ पहिलो पटक नाइन्टीवान मोबाइलमा देखिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०