close

ओप्पोले ल्यायो बेर्न मिल्ने अनौठो फोन, यसरी सानो-ठूलो बनाउन सकिन्छ स्क्रिन

टेकपाना टेकपाना

मंसिर ३, २०७७ १०:२०

ओप्पोले ल्यायो बेर्न मिल्ने अनौठो फोन, यसरी सानो-ठूलो बनाउन सकिन्छ स्क्रिन

काठमाडौं । स्मार्टफोन कम्पनीहरु लगातार नव प्रवर्तनको क्षेत्रमा एकपछि अर्को परीक्षण गरिरहेका छन् । गएको वर्षको सुरुवातबाटै बजारमा फोल्डेबल डिस्प्ले भएका स्मार्टफोन आउन थालिसकेका छन् र धेरै कम्पनीहरु यसमा प्रतिस्पर्धामा जुटिसकेका छन् ।

यस्तैमा ओप्पोले एक कदम अगाडि सार्दै रोलेबल अर्थात बेर्नमिल्ने डिस्प्ले भएको कन्सेप्ट फोन ओप्पो एक्स २०२१ ल्याएको छ । यो रोलेबल डिस्प्ले भएको विश्वकै पहिलो फोन हो र एउटा टचबाट नै यसको डिस्प्लेको आकार बदल्न सकिन्छ ।

चिनियाँ प्रविधि कम्पनी इन्नो डे २०२० कार्यक्रमको दौरान ओप्पो एक्स २०२१ सार्वजनिक भएको हो । यसमा युनिक एक्सटेन्ड गर्न सकिने स्क्रिन दिइएको छ ।

यसको अर्थ यो फोनको डिस्प्लेलाई सानो वा ठूलो पार्न सकिन्छ । कम्पनीको रोलेबल कन्सेप्ट प्रविधियुक्त यो डिभाइसको डिस्प्लेको आकार ६.७ इन्चबाट बढाएर ७.४ इञ्चसम्म पुर्‍याउन सकिन्छ ।

डिस्प्ले बीच भागबाट नमोडिने भएकाले कम्पनीले यो फोन टिकाउ समेत हुने बताएको छ । साथै फोल्डेबल फोनमा जस्तो डिस्प्लेमा कुनै क्रिज समेत हुँदैन ।

ओप्पो एक्स २०२१ मा कम्पनीले ओएलईडी प्यानल राखेको छ । यसलाई ६.८ एमएम रोल मिटरको सहयोगमा सानो वा ठूलो पार्न सकिन्छ ।

कम्पनीले यो कन्सेप्टका लागि कुल १२२ पेटेन्ट दर्ता गरेको थियो । जसमध्ये १२ वटाको प्रयोग केवल स्क्रोल संयन्त्र बनाउनका लागि मात्र प्रयोग गरिएको छ ।

ओप्पोले यो डिभाइसको बलियोपनमा निकै ध्यान दिएको छ । रोलेबल डिस्प्लेको पछाडि सोलिड सपोर्ट स्ट्रक्चर दिइएको छ ।

कम्पनीले एक विशेष टु ईन वान डिजाइन गरेको छ, जसले डिस्प्लेलाई सानो वा ठूलो पार्न सपोर्ट गर्दछ । ओप्पोका प्रमुख फाइभजी वैज्ञानिक हेनरी टैंङले फोल्डेबल प्रविधिको तुलनामा रोलेबल डिस्प्ले बढी सहज रुपमा आत्मसाथ गर्न सकिने बताएका छन् ।

किन भने विभिन्न आवश्यकता अनुसार डिस्प्लेको आकार सहजै बदल्न सकिन्छ । कम्पनीले अतिरिक्त सुरक्षाका लागि कस्टम मेड लेमिनेसन समेत डिस्प्लेमा थप गरेको छ ।

यसले र्‍याप ट्र्याक ०.१ एमएम लेमिनेट रोल हुँदाको समयमा डिस्प्लेलाई सुरक्षा प्रदान गर्दछ । यद्यपी यो कन्सेप्ट फोनको विस्तृत विवरण तथा स्पेसिफिकेसन भने उपलब्ध गराइएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०