close

आउँदो साता सार्वजनिक हुँदै ‘पोको एम थ्री’, कति होला मूल्य ?

टेकपाना टेकपाना

मंसिर ३, २०७७ ११:४३

आउँदो साता सार्वजनिक हुँदै ‘पोको एम थ्री’, कति होला मूल्य ?

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी पोकोले आफ्नो नयाँ डिभाइस पोको एम थ्री सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । पोको एम थ्री स्मार्टफोन अनलाइन इभेन्टमार्फत आउँदो मंगलबारदेखि विश्व बजारमा आउने भएको हो ।

यसअघि कम्पनीले पोको एम टूलाई विश्व बजारमा सार्वजनिक गरेको थियो । पोको ग्लोबलले ट्वीटमा लेखेको छ, ‘मलाई तपाईंको बारेमा त थाहा छैन । तर म वास्तवमा पोकोको नयाँ फोनको प्रतिक्षामा छु ।’

ट्वीटमा ‘मोर देन यू एक्सपेक्ट’ अर्थात ‘तपाईंले अपेक्षा गरेभन्दा बढी’ ट्यागलाइन राखेको छ ।

यस्तो छ संभावित स्पेसिफिकेसन

लिक रिपोर्टलाई मान्ने हो भने पोको एमथ्री स्मार्टफोन ६.५३ इन्चको फुल एचडी प्लस डिस्प्लेको साथमा आउनेछ । यो फोनमा राम्रो पर्फर्मेन्सका लागि स्नापड्रागन ६६२ प्रोसेसर तथा चार जीबी र्‍याम हुनेछ ।

यसबाहेक यो ह्याण्डसेटमा तीन वटा क्यामेराको सेटअप तथा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहनेछ । अन्य फिचरको कुरा गर्दा कम्पनीले पोको एम थ्री स्मार्टफोनमा ६ हजार एमएएचको ब्याट्री दिनेछ ।

जसले २२.५ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ । यसबाहेक यो फोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीई, वाईफाई, जीपीएस, ब्लुटुथ र यूएसबी टाइप सी जस्ता फिचर रहनेछन् ।

कति होला मूल्य ?

मिडिया रिपोर्टका अनुसार पोको एम थ्रीको मूल्य बजेट रेञ्जमा रहनेछ । जसलाई कयौं कलर अप्सनका साथ विश्व बजारमा उतारिनेछ । यद्यपि यो फोनको वास्तविक फिचर तथा मूल्य थाहा पाउन केही दिन कुर्नैपर्ने हुन्छ ।

यस्तो छ पोको एम थ्रीको पूर्ववर्ती फोन

पोको एम टु स्मार्टफोन गत सेप्टेम्बरमा सार्वजनिक भएको थियो । नेपाली बजारमा यो स्मार्टफोनको सुरुवाती मूल्य करिब १८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । पोको एम टु स्मार्टफोनमा ६.५३ इञ्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ ।

स्क्रिन प्रोटेक्सनका लागि यसमा कर्निङ गोरिल्ला ग्लास थ्रीको प्रयोग गरिएको छ । फोनमा मेडियाटेक हेलियो जी ८० प्रोसेसर राखिएको छ ।

ग्राफिक्सको रुपमा यसमा एआरएम माली-जी ५२ जीपीयूको प्रयोग गरिएको छ, जुन गेमिङका लागि निकै राम्रो मानिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०